गुगललाई पन्छाउँदै टिकटक बन्यो सबैभन्दा लोकप्रिय कम्पनी

यो वर्ष सन् २०२१ मा चिनियाँ भिडियो सेयरिङ प्लेटफर्म टिकटक सबैभन्दा लोकप्रिय प्रविधि कम्पनी बनेको छ । अमेरिकी सर्च इञ्जिन गुगललाई पछि पार्दै टिकटक सबैभन्दा लोकप्रिय कम्पनी बनेको हो । गत वर्ष सन् २०२० मा टिकटक दोस्रो स्थानमा थियो ।टिकटकले यसअघि नै अमेरिकी कम्पनीहरू फेसबुक, माइक्रोसफ्ट र एप्पललाई पछाडि पारिसकेको छ । क्लाउडफेयरले सार्वजनिक गरको रिपोर्टअनुसार टिकटकले आफूलाई छोटो अवधिमै विश्वकै सबैभन्दा लोकप्रिय प्रविधि कम्पनीमा उभ्याएको हो ।योसँगै गुगल दोस्रो स्थानमा आइपुगेको छ । गुगलपछि फेसबुक,

सम्बन्धित सामग्री

विश्वमा सवैभन्दा लोकप्रिय एप बन्दै टिकटक, दोस्रोमा इन्स्टाग्राम

वैशाख ३, काठमाडौं ।लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक सन् २०२२ मा विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । सन् २०२२ शुरुवाती समयदेखि नै यो सामाजिक सञ्जाल एप १७ करोड ६० लाख पटक डाउनलोड भएको छ ।विश्वभर गरिएको एउटा सर्वेक्षणमा सामाजिक सञ्जालको आम प्रयोगकर्ता युवाहरु भने युवानै अगाडि देखिएको छ । एनालिटिक्स फर्म सेन्सर टावरले  हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार उक्त वर्षमा एपको कुल डाउनलोड ३ अर्ब ५० करोड नाघेको छ । सन २०१८ को शुरुवातदेखि नै अन्य कुनै पनि एपले कुल डाउनलोडमा टिकटकलाई पछि पार्न सकेका छैनन् । टिकटकपछि दोस्रो धेरै डाउनलोड हुनेमा  इन्स्टाग्राम रहेको छ ।  इन्स्टाग्राम भने १५ करोड १० लाख पटक डाउनलोड भएको छ । यद्यपि एशियामा भने इन्स्टाग्राम सर्वाधिक डाउनलोड हुने एपको सूचीको पहिलो नम्बरमा रहेको छ ।  मेटा अन्तर्गतका तीन ओटा कम्पनी फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सबैभन्दा धेरै डाउनलोड हुने टप फाइभ एपको सूचीमा छन् । गूगल प्ले स्टोरबाट सबैभन्दा धेरै डाउनलोड भएका एपहरूमा इन्स्टाग्राम र फेसबुक छन् । टिकटक बारेको प्रतिवेदन बाहिरिएपछि अमेरिका र भारतले राष्ट्रिय सुरक्षामा असर पर्ने भन्दै चिनियाँ उक्त एपलाई प्रतिबन्ध लगाएका छन् ।  अझ खासगरी टिनएजका केटाकेटीमा यसको लोकप्रियता बढ्दै गएपछि  हामी टिकटक चलाउँदैछौं कि टिकटकले हामीलाई ? भन्ने  बहस समेत शुरु  हुन थालेको छ । एजेन्सी

गूगलभन्दा लोकप्रिय अनलाइन साइट बन्यो टिकटक

पुस ९, लन्डन । अमेरिकी सर्च इञ्जिन गूगललाई उछिनेर पहिलो स्थानमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक आएको छ ।  सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइटको रुपमा टिकटक बनेको बताएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटकको गूगलको भन्दा बढी अनलाइनमा खोजी हुने गरेको छ । अर्थात् प्रयोगकर्ताहरू गुगलमाभन्दा धेरै टिकटकमा व्यस्त हुन थालेको पनि उसले बताएको छ । इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा सन् २०२१ को फेब्रुअरी, मार्च र जुन महीनामा  टिकटकले गूगललाई शीर्ष स्थानबाट पछि पारेको र  त्यसपछि अगस्ट महीनायता टिकटक नै नम्बर एक स्थानमा कायमै रहेको छ । गत वर्ष गूगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइटहरू प्रथम १० स्थानमा थिए।सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा टिकटक चौथो स्थानमा थियो ।  क्लाउडफ्लेअरका अनुसार वेबसाइटमा जाने ट्राफिकको निगरानी गर्ने उपकरण क्लाउड फ्लेअर रेडारको प्रयोग गरेर डेटाहरू अनुगमन गर्ने गरिन्छ। उसले टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान पनि गरेको छ। उसको विश्लेषण अनुसार कोरोना महामारीको समयमा घरैमा बस्नुपर्ने बाध्यतामा रहेका कारण प्रयोगकर्ताहरुको ध्यान मनोरञ्जनका उपायहरू खोज्दै गर्दा टिकटकमा परेको हुनसक्छ। यो वर्षको जुलाई महीनासम्ममा टिकटक एप ३ अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले बताएको छ। टिकटकको हाल विश्वभर १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको अनुमान छ । बीबीसी

टिकटक बन्यो सबैभन्दा धेरै समय हेर्ने भिडियो एप, युट्युबलाई पछि पार्‍यो

युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको चिनियाँ एप टिकटकले अमेरिका र बेलायतमा युट्युबलाई पछि पारेको छ । एक नयाँ तथ्यांक अनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत समयको मामिलामा टिकटक सबैभन्दा अगाडि देखिएको छ […]

टिकटक पुनः बन्यो सर्वाधिक लोकप्रिय एप, महिनामै ६ करोड डाउनलोड

छोटो भिडियो बनाउने तथा सेयर गर्ने लोकपि्रय एप टिकटक लगातार दोश्रो महिना पनि विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको छ । एप एनालिटिक्स कम्पनी सेन्सर टावरको पछिल्लो तथ्यांकअनुसार बितेको मार्च महिनामा एप्पलको एप …