पेट्रोलियमको मूल्य बढेसँगै साउदी आरामको बन्यो विश्वको सबैभन्दा मूल्यवान् कम्पनी

साउदी अरबको तेल कम्पनी ‘साउदी आरामको’ विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । अमेरिकी प्रविधि कम्पनी एप्पललाई उछिन्दै ‘साउदी क्राउन’को लगानी रहेको साउदी आरामको विश्वकै मूल्यवान् कम्पनी बनेको हो ।रुस–युक्रेन युद्धको प्रभावका कारण विश्वभरमा आएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारणले साउदी आरामकोलाई फाइदा भएको छ । विश्वभर कच्चा तेलको मूल्यमा उच्च वृद्धि आउँदा त्यसको प्रत्यक्ष फाइदा साउदी आरामकोले उठाएको हो ।अमेरिकी समाचार संस्था सीएनएनका अनुसार हाल अमेरिकी प्रवि