महरालाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनद्वारा सदर

जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई मंगलवार सदर गरेको हो । महराले उच्च अदालतबाट पनि सफाइ पाएको रजिस्ट्रार ज्ञानेन्द्रबहादुर सिंहले लोकान्तरलाई जानकारी दिए । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तत्कालीन सभामुख महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । महरालाई २०७६ फागुन ५ गते जिल्ला अदालतल...

सम्बन्धित सामग्री

पूर्व अरनिको यातायातले बनाएको जडिबुटी बसपार्क नभत्काउन उच्च अदालतको फैसला

काठमाडौं । पूर्व अरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका–३२ वडाको जडिबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले फैसला गरेको छ । निजी लगानीमा निर्माण सम्पन्न भएर सञ्चालन समेत सुरुवात भएको बसपार्क र त्यहाँ निर्माण भएको संरचना महानगरपालिकाले भत्काउने भएपछि त्यसका विरुद्ध पूर्व अरनिको यातायात प्रालि उच्च अदालत पाटन गएको थियो । उच्च अदालत पाटनले असोज […]

चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई जन्मकैद, उल्टियो जिल्ला अदालतको फैसला

हेटौंडा : उच्च अदालतले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको फैसला सुनाएको छ। सेनाको यातनाबाट मारिएको ठहर गर्दै जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटन हेटौडा इजलासले उल्ट्याएको हो।  चितवन राष्ट्रिय निकुञ्जभित्र  गम्भीर घाइते भएका र उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा जन्मकैदको फैसला सुनाइएको हो।पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज…

द्वन्द्वकालीन मुद्दामा गौतमलाई जन्मकैद

द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले माओवादीका तत्कालीन नेता पुष्कर गौतमलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ । उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन)को फैसला सदर गर्दै सर्वोच्चले जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासले माघ ९ गते गौतमलाई जन्मकैद गर्ने तल्लो अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत ओखलढुङ्गाले पनि गौतमलाई जन्मकैदको सजाय सुनाएको थियो ।