बागलुङ नगरपालिका–९ सिगानाको लामीचौरको दलित बस्तीले बसौँदेखि खानेपानीमो चरम समस्या भोग्दै आएको छ । झण्डै एक सय ८० परिवारको बसोबास रहेको सो क्षेत्रमा पाँच वटा सार्वजनिक धारा छन्, तर पानी एउटा धारामा मात्रै आउँछ । बस्ती नजिक पानीको स्रोत छैन । सिगानाको बौडेचौरदेखि एउटा धारामा आउने पानी तेल भन्दा महंगो छ । गाउँमा भएको एउटा धारोमा पानी भर्ने पालोकालागि दिनदिनै झगडा हुन्छ ।