अमेरिकाले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्न नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ । सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा प्रतिशोध साधेर पक्राउ गरेको भोलिपल्ट (बुधबार) काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस स्वतन्त्रताको पक्षमा विज्ञप्ति जारी गरेको हो ।