इलाम – लकडाउनमा थलिएको पर्यटकीय क्षेत्रमा बिस्तारै आशा पलाउन थालेको छ । दिनहुँजसो बाह्य तथा आन्तरिक पर्यटकको आवागमनले पर्यटकीय क्षेत्रकै भरमा चलेका विभिन्न व्यवसाय तथा होटल व्यवसायीहरूमा अब भने सहज हुन्छ भन्ने आशा पलाउन थालेको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारण सबै पर्यटकीय क्षेत्र सुनसान देखिन्थे, न त आन्तरिक पर्यटक भेटिन्थे न त बाह्य नै । होटल बन्द थिए । पर्यटकको सत्कारमा खटिने पर्यटनकर्मी बेकामे बनेकाले भाडामा बस्नेहरु घर गए । घरै त्यहीँ हुनेहरू कसरी दिन कटाउने भनेर सोच्दैमा ठिक बने । कति...