पाँचओटा बजेटमा कोटेश्वर–जडीबुटी सुरुङमार्ग : डीपीआर नबन्दै रू. १८० करोड बजेट विनियोजन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट वक्तव्यमा तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने विषयलाई निरन्तरता दिएका छन् । अरनिको राजमार्गअन्तर्गतको यस खण्डमा सुरुङमार्ग बनाउने घोषणा गर्ने पहिलो अर्थमन्त्री भने तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा हुन् । उनले २०७४/७५ को बजेट वक्तव्यको बुँदा १२१ मा कोटेश्वर–सूर्य विनायकमा सुरुङमार्ग बनाउने घोषणा गरेका थिए । उक्त बजेटमा यो सुरुङमार्ग पर्यटन पूर्वाधारमा राखिएको भए पनि त्यस यताका बजेटमा भने यसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सुरुङमार्ग योजनामा राखिँदै आएको छ । हालसम्मका पाँचओटा बजेट वक्तव्यमा प्राथमिकताका साथ प्रवेश पाएको यो खण्डको सुरुङमार्ग काठमाडौंको कोटेश्वरको सवारी चापलाई व्यवस्थित गर्न निर्माण गरिने भएको हो । तर, हालसम्म पनि सुरुङमार्गसहित बन्ने भनिएका अन्डरपास वे, प्mलाइओभर बनाउन न विस्तृत अध्ययन छ न त विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नै तयार पार्न पहल भएको छ । डीपीआर नबने पनि अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत उक्त खण्डमा सुरुङमार्ग बनाउन रू. १ अर्ब ८० करोड बजेट विनियोजन गरेका छन् । चालू आवमा नै सुरुङमार्ग निर्माण प्रारम्भ गरिने बजेटमा उल्लेख गरिएको छ । सडक विभागले हालै उक्त खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)लाई विस्तृत अध्ययन गर्न पत्राचार गरेको छ । डीपीआर नै नबनेको उक्त सुरुङमार्ग आयोजनाको निर्माणमा बजेट खर्च हुने अवस्था नै नभएको विभाग स्रोतको भनाइ छ । विनियोजित रकममध्ये केही डीपीआर अध्ययनमा खर्च हुन सक्ने देखिएको स्रोतले जानकारी दियो । जाइकाले केही समयअघि विभागलाई बुझाएको सम्भाव्यता अध्ययनले यी संरचना निर्माण गर्न रू. १३ अर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको थियो । उक्त अध्ययनअनुसार उक्त खण्डमा फ्लाईओभर/अन्डरपास वे, सुरुङमार्गसहित कुल १७ सय १० मीटरको सडक निर्माण हुनेछ । २०१९ देखि अध्ययन शुरू गरेको जाइकाले विभागलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । अहिले विस्तृत अध्ययनका लागि पत्राचार गरिएको विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए । हालसम्म सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) मात्रै भएको तर सुरुङमार्गको विस्तृत अध्ययन भने भइनसकेको उनले बताए । डीपीआर नै तयार नभएकाले विनियोजन गरिएको बजेट खर्च नहुने स्पष्ट देखिन्छ । उक्त खण्डमा विभिन्न विकल्पमा छलफल भए पनि अहिले सुरुङमार्ग बनाउने निश्चित भएको उनले बताए । ‘हामीले जाइकालाई तीनकुने साइटतर्फ फ्लाइओभर, कोटेश्वर चोकमा सुरुङमार्ग र जडीबुटी साइटतर्पm प्रवेश गर्दा पुनः फ्लाइओभर नै बनाउने भनी प्रस्ताव गरेका छौं,’ पोखरेलले भने । काठमाडौंको तीनकुने–कोटेश्वर–जडीबुटी क्षेत्र अत्यधिक ट्राफिक चाप हुने क्षेत्र हो । यहाँ घण्टौंसम्म सवारीसाधन जाममा फस्ने गरेका छन् । यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्mलाईओभरसहितको सुरुङमार्ग नै उचित देखिएको उनको भनाइ छ । यस परियोजनासँग नेपाल नागरिक उड्डयन प्राधिकरण पनि जोडिएकाले विमानस्थलको दक्षिणपट्टी पर्ने जग्गा उपलब्ध गराउने विषयमा समय लागेको थियो । प्राधिकरणले अहिले अन्डरपास बनाउन दिने गरी विभागलाई अनुमति दिएपछि विस्तृत अध्ययनका लागि बाटो खुलेको छ । कोरोनाका कारण काम अघि बढाउन नसकिएको पोखरेलले बताए । घोषणाको शुरू वर्ष २०७४/७५ को बजेट वक्तव्यमा ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गरिनेछ । यसअन्तर्गत विमानस्थलसँगै कोटेश्वर–सूर्य विनायक सडकलाई सुरुङमार्गमा परिणत गरी विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ वे थप गरी एयर ट्राफिक समस्या न्यून गरिनेछ,’ उल्लेख गरिएको थियो । आव २०७५/७६ को बुँदा १६९ मा निर्माण प्रारम्भ गरिने उल्लेख गरिए पनि २०७६/७७ को बजेटमा भने विस्तृत सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको थियो । चालू आवमा सम्भाव्यता अध्ययन पूरा गरी फ्लाई ओभर तथा सुरुङमार्ग निर्माण प्रारम्भ गर्ने उल्लेख गरिएको छ । आगामी आव २०७८/७९ को बजेटमा पनि यो कार्यक्रमले प्रवेश पाएको छ ।

सम्बन्धित सामग्री

डीपीआर नै नबनेको नुवाकोट जोड्ने सुरुङमार्गलाई १ अर्ब बजेट

२५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा टोखा (काठमाडौं) –छहरे (नुवाकोट) सुरुङमार्ग निर्माणका लागि भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले एक अर्ब बजेट विनियोजन गरेका छन् । गृहजिल्ला नुवाकोट जोड्ने यो सुरुङमार्ग कस्तो डिजाइन र प्रविधिसहित बन्ने भन्ने तय नहुँदै अर्थमन्त्री महतले एक अर्ब बजेट विनियोजन गरेका हुन् । बजेटमा ‘विस्तृत सम्भाव्यता अध्ययन, जग्गा प्राप्ति […]

पूर्व–पश्चिम राजमार्गलाई ३१ अर्ब, फास्ट ट्रयाकलाई २२ अर्ब

१५ जेठ, काठमाडौं । प्रशासनिक खर्च कटौतीका लागि नयाँ भवन निर्माण र फर्निचर खरिद नगर्ने घोषणा गरेको सरकारले भौतिक पूर्वाधार विकास अन्तर्गत सडक, पुल र सुरुङमार्ग निर्माणलाई भने प्राथमिकतामा राखेको छ । तर तराई–मधेश द्रुत मार्ग लगायतमा भने सरकारले विगतको भन्दा कम बजेट विनियोजन गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा भौतिक पूर्वाधार […]

कर्णाली समृद्धि कार्यक्रमका लागि तीन अर्ब ८८ करोड

जुम्ला-संघिय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट विनियोजन गरेको छ । कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट ल्याइएको छ । विगतको तुलनामा कर्णालीमा उल्लेखनीय रूपमा बजेट विनियोजन भएको पाइएको छ ।जुम्ला–जाजरकोट सुरुङमार्ग अघि बढाइनेदेखि सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना र सिंजा उपत्यकाको […]

बजेटमा बागमती प्रदेश : यी हुन् समेटिएका योजना

सरकारले आगामी आर्थिक वर्षमा बागमती प्रदेशका विभिन्न योजनामा बजेट वितरण गरेको छ । सरकारले बागमती प्रदेशमा रहेका रुग्ण उद्योग संचालनदेखि सडक सञ्जाल निर्माण तथा सुरुङमार्ग निर्माणमा बजेट विनियोजन गरेको छ ।सरकारले आगामी आर्थिक वर्ष हेटौंडा कपडा उद्योग संचालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई संचालनको व्यवस्था मिलाएको बताएका हुन् । उनले उपयुक्त ढाँचामा सो उद्योग संचालनको योजना बनाएको बताए । उनले हेटौंडा कपडा उद्योगबाट उत्पा

उच्च प्राथमिकतामा सुरुङमार्ग चार आयोजना निर्माणाधीन, १८ को अध्ययन हुँदै

बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग ठेक्का लाग्ने अन्तिम चरणमा, सुरुङमार्गहरूका लागि अघिल्लो आवको भन्दा चालू आवमा चार गुणा बढी अर्थात् दुई अर्ब बजेट विनियोजन भौगोलिक रूपमा धेरैअघिदेखि नै सुरुङमार्गको आवश्यकता महसुस...

नागढुंगा–नौबीसे सुरुङमार्ग : फ्लाइओभर बन्ने जग्गाको मुआब्जा दिन बजेट अपुग

नागढुंगा–नौबीसे सुरूङमार्ग आयोजनाको काठमाडौंतर्फ बन्ने १२८ मीटर लामो फ्लाइओभर निर्माण स्थानको मुआब्जा दिन बजेट अपुग देखिएको छ । बहुवर्षीय ठेक्का आयोजनामा मुआब्जाका लागि शीर्षगत एकमुष्ट बजेट विनियोजन नगर्दा अहिले यो मुआब्जाको रकम जोहो गर्न अन्य योजनाहरूको बजेट रकमान्तरण गर्न लागिएको छ । फ्लाइओभर बन्ने काठमाडौंपट्टिको बलम्बु क्षेत्रमा मुआब्जाका लागि रू. १ अर्ब १४ करोड बजेट आवश्यक भए पनि आयोजनाले हालसम्म रू. ३० करोड मात्रै बजेट पाएको छ भने अर्काे हप्ताभित्र आयोजनालाई थप रू. ४५ करोड बजेट आवश्यक पर्छ । उक्त रकमका लागि सडक ...

नागढुंगा–नौबीसे सुरुङमार्ग : फ्लाइओभर बन्ने जग्गाको मुआब्जा दिन बजेट अपुग

काठमाडौं । नागढुंगा–नौबीसे सुरूङमार्ग आयोजनाको काठमाडौंतर्फ बन्ने १२८ मीटर लामो फ्लाइओभर निर्माण स्थानको मुआब्जा दिन बजेट अपुग देखिएको छ । बहुवर्षीय ठेक्का आयोजनामा मुआब्जाका लागि शीर्षगत एकमुष्ट बजेट विनियोजन नगर्दा अहिले यो मुआब्जाको रकम जोहो गर्न अन्य योजनाहरूको बजेट रकमान्तरण गर्न लागिएको छ । फ्लाइओभर बन्ने काठमाडौंपट्टिको बलम्बु क्षेत्रमा मुआब्जाका लागि रू. १ अर्ब १४ करोड बजेट आवश्यक भए पनि आयोजनाले हालसम्म रू. ३० करोड मात्रै बजेट पाएको छ भने अर्काे हप्ताभित्र आयोजनालाई थप रू. ४५ करोड बजेट आवश्यक पर्छ । उक्त रकमका लागि सडक विभागबाट अन्य योजनाको बजेट तान्न लागिएको छ । उक्त स्थानको जग्गा मुआब्जाका लागि आयोजनाले रू. ४ करोड भुक्तानी गरिसकेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । सडक विभागको योजनाबाट रकमान्तरण गरेर मुआब्जा उपलब्ध गराउन प्रस्ताव गर्ने तयारी भएको उनले बताए । ‘सुनिश्चितताभन्दा पनि सडक विभागको बजेटलाई रकमान्तरण गरेर थप बजेटको व्यवस्थापन गर्दै छौं,’ शाक्यले भने, ‘हाम्रो आयोजनाको निर्माणका लागि (मुआब्जाबाहेक) का लागि आएको बजेट पनि बचत हुने देखिएकाले त्यसलाई तानेर पनि ल्याउने तयारीमा छौं ।’ गतवर्ष पुसमा आयोजनाको मुख्य सुरुङमार्ग खन्ने कार्यको ब्रेक थु्र भएकोमा यो पुस अर्थात् १ वर्षको अवधिमा २ दशमलव ५ किलोमीटर सुरुङ खनिएको छ । जम्मा ५ दशमल ४९ किलोमीटर लामो सुरुङ आयोजनामध्ये मुख्य सुरुङको लम्बाइ भने २ दशमलव ८६ किलोमीटर छ । आयोजनामा यो चालू आर्थिक वर्षको अर्धवार्षिक नसकिदैं रू. २ अर्ब ५० करोड बजेट खर्च भएको छ, यसमध्ये रू. १ अर्ब भुक्तानी भइसकेको र थप रू. १ अर्ब ५० करोडको बिल आइसकेको शाक्यले बताए । आयोजनाका लागि सरकारले चालू आर्थिक वर्षमा रू. ९ अर्ब ६७ करोड बजेट विनियोजन गरेको छ । त्यसमध्ये यो वर्ष रू. ४ अर्ब बजेट खर्च गर्ने लक्ष्य आयोजनाको छ । यो बजेटबाहेक रू. १ अर्ब मुआब्जाका लागि हुनेछ । सरकारले विनियोजन गरेको बजेट आयोजनाको निर्माणका लागि मात्रै हुँदा मुआब्जाका लागि भने अतिरिक्त स्रोत खोज्नु परेको उल्लेख गरिएको छ । गत पुसमा ब्रेक थ्रु गरिएको सुरुङ खन्ने काम १४ महीनामा सम्पन्न गर्ने लक्ष्य छ । काम शुरू भएको १२ महीना पुगेको छ । ४२ महीनामा आयोजनाका सबै काम सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्माआन्दो कर्पाेरेशनसँग सडक विभागले सम्झौता गरेको थियो । २०७६ कात्तिक ४ गते आयोजना शिलान्यास गरिएको थियो ।

सुरुङमार्गको बजेट घटाइयो

काठमाडौं, मंसिर १५ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २३ वटा सुरुङमार्गको अध्ययन र निर्माणको लागि भन्दै एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन गरेका थिए। पछिल्ला अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा पूर्ववर्ती अर्थमन्त्रीले सुरुङमार्गको लागि छुट्ट्याएको बजेट घटाएर एक अर्ब ६ करोड रूपैयाँमा झारेका छन्। मन्त्री शर्माले स्वार्थअनुकूलका चारवटा सुरुङमार्ग समावेश गरेका छन्। फुस्रेखोला […]

द्रूतमार्गका लागि ८ अर्ब १५ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेका छन् । ७२.५ किलोमिटर लामो द्रूतमार्गमा आगामी वर्षबाट तीन वटा सुरुङमार्ग […]