उच्च प्राथमिकतामा सुरुङमार्ग चार आयोजना निर्माणाधीन, १८ को अध्ययन हुँदै
बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग ठेक्का लाग्ने अन्तिम चरणमा, सुरुङमार्गहरूका लागि अघिल्लो आवको भन्दा चालू आवमा चार गुणा बढी अर्थात् दुई अर्ब बजेट विनियोजन
भौगोलिक रूपमा धेरैअघिदेखि नै सुरुङमार्गको आवश्यकता महसुस...
काठमाडौं । आम यात्रुको टाउको दुखाइ बन्दै आएको कोटेश्वरको ट्राफिक जाम न्यूनीकरण गर्न विगत वर्षहरूदेखि नै अध्ययन हुँदै आएको छ । सरकारले समेत विभिन्न आर्थिक वर्षका बजेटमा यो खण्डमा फ्लाइओभर र सुरुङमार्ग बनाउने योजना अघि सार्दै आएको छ । अहिले आएर सरकारले यो खण्डमा बन्ने यी संरचनाका लागि बजेट सीमा तोकेर सहुलियत ऋण लिन सक्ने निर्णय गरेको छ ।
माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले ‘कोटेश्वर इन्टरसेक्शन प्रोजेक्ट’का लागि जापान सरकारबाट प्रस्तावित सहुलियत ऋण लिन वार्ताटोली गठन गर्ने निर्णय गरेको हो । उक्त इन्टरसेक्शनका लागि जापानी येन (३४ अर्ब ४९) करोड तथा नेपाली ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिने सिलसिलामा जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय भएको छ । यससँगै अरनिको राजमार्गको उक्त खण्डमा बन्ने फ्लाइओभर र सुरुङमार्गका लागि बजेट स्रोत सुनिश्चित भएको छ ।
सरकारले पहिलोपटक आव २०७४/७५ को बजेट वक्तव्यमा यो आयोजना बनाउने घोषणा गरेको थियो । त्यतिबेला यो आयोजना बनाउने कार्यलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसँग जोडिएको थियो । उक्त वर्षको बजेट वक्तव्यमा भनिएको छ, ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गरिनेछ, यसअन्तर्गत विमानस्थलसँगै कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्गमा परिणत गरी विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ वे थप गरी एयर ट्राफिक समस्या न्यून गरिनेछ ।’
पछि भने यो आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत ल्याई अध्ययन शुरू गरिएको हो । आव २०७५/७६ मा पनि यस आयोजनालाई बजेट कार्यक्रममै राखिएको थियो । आव २०७६/७७ को बजेटमा विस्तृत सम्भाव्यता अध्ययन गरिने उल्लेख थियो । उक्त आवदेखि यो आयोजना बजेट कार्यक्रममा समावेश हुँदै आएको छ ।
रू. ३१ अर्ब २ करोडको सीमामा रहेर परियोजना बनाइने
सन् २०२६ बाट ठेक्का शुरू गर्ने योजनामा सडक विभाग
मुनिभैरव मन्दिरदेखि पुरानो सिनामंगलसम्म सुरुङमार्ग
यो खण्डमा फ्लाइओभर र सुरुङमार्गको सम्भाव्यता अध्ययन भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत गराइएको छ । विभागको सहयोगमा जाइकाले विस्तृत अध्ययन गरेर ६ महीनाअघि विभागमा प्रतिवेदन पेश गरेको सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक डा. विजय जैसीले जानकारी दिए । ‘मन्त्रिपरिषद्ले वार्ताटोली गठन गर्ने अनुमति दिए पनि अहिलेसम्म आधिकारिक जानकारी पाइएको छैन,’ जैसीले भने, ‘कोटेश्वर जक्शनमा निकै जाम भएको हुँदा यसलाई न्यूनीकरण गर्न जाइकाले यो काम गरिरहेको हो, यसअन्तर्गत यी संरचना बनाइनेछ ।’
जाइकाले तयार गरेको सम्भाव्यता अध्ययनअनुसार यो आयोजनाअन्तर्गत तीनकुनेस्थित मुनिभैरव मन्दिरपट्टिको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल छेउ हुँदै पुरानो सिनामंगलसम्म सुरुङमार्ग बनाइनेछ । उक्त सुरुङ ६१० मीटर लामो हुनेछ । मुनिभैरव मन्दिरबाट तीनकुनेको बागमती पुलसम्म ६३० मीटर लामो फ्लाइओभर बन्नेछ । सुरुङ मुनिभैरव मन्दिरबाट शुरू भएर जडीबुटी निस्कनेछ । यो सुरुङमार्ग सीधा नभई छड्के बन्ने बताइएको छ । मुनिभैरव मन्दिर हुँदै बन्ने सुरुङमार्ग र कोटेश्वरबाट चक्रपथ जोड्न दायाँबायाँ दुईओटा फ्लाईओभर बन्ने जैसीले बताए । ‘एयरपोर्टको जग्गामा फ्लाइओभर बनाउन पाइँदैन,’ जैसीले भने, ‘त्यसकारण सुरुङमार्ग बनाउने भनिएको हो ।
यस्तै यही परियोजनाभित्र रहेर जडीबुटीतर्फ २३० मीटरको फ्लाइओभर बन्छ ।’ यसमा ४ लेनको सुरुङमार्ग र ४ लेनकै फ्लाइओभर बन्ने पनि उनले जानकारी दिए । जाइकाले ६ महीनाअघि सम्भाव्यता अध्ययन सम्पन्न गरेको थियो । ३ वर्ष लगाएर यो क्षेत्रमा सुरुङमार्ग र फ्लाइओभर बनाउन सकिने सम्भाव्यता अध्ययन सम्पन्न भएको उनको भनाइ छ ।
उनले सन् २०२४ को फेब्रुअरीमा सहुलियत ऋणका लागि जाइकासँग सम्झौता हुने पनि जानकारी गराए । त्यसपछि बल्ल विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने, ठेक्का लगाउने काम अघि बढ्नेछ । ठेक्का लगाउन भने अझै २ वर्ष लाग्ने जैसीले बताए । मन्त्रिपरिषद्ले स्वीकृत गरेको ऋण रकम ती संरचना बनाउन पर्याप्त हुने पनि उनको भनाइ छ ।
काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् ।
लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आज आयोजना गरेको तीज शुभकामना कार्यक्रममा उनले परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि १ अर्ब रुपैयाँ छुट्याएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको बताएका हुन।
“यो आयोजनामा चिनियाँ लगानी ल्याउन दुई पक्षबीच पत्रको आदानप्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो”, उनले भने, “प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।”
यो आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिँदै अर्थमन्त्री डा महतले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययनपछि निर्माण प्रक्रिया अगाडि बढ्ने बताए । “सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो, धेरै पक्षमा ध्यान पुर्याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ, अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ”, उनले भने ।
टोखा–छहरे सुरुङमार्ग निर्माणको काम भौतिक मन्त्रालयले, स्रोत जुटाउने काम अर्थ मन्त्रालय र वातावरणसम्बन्धी काम वन मन्त्रालयको हुने भएकाले सबै निकायबीच समन्वय आवश्यक रहेको बताए । त्यस्तै नुवाकोटको सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र नभइ रसुवा नाकासम्म स्तरोन्नति हुने पनि अर्थमन्त्री डा महतले बताए ।
पृथ्वी राजमार्गको ट्राफिक व्यवस्थापन र अन्तर्राष्ट्रिय व्यापारका लागि यो बाटो सबैभन्दा छोटो हुने उहाँको भनाइ छ । त्यस्तै ढिकुरे र सिम्ला सिँचाइ आयोजना पनि सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ । रासस
काठमाडौं। काठमाडौं–रसुवागढीलाई छोटो दूरीले जोड्ने टोखा–छहरे सुरुङमार्ग आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अघि बढाउन वन तथा वातावरण मन्त्रालयले सहमति दिएको छ । मन्त्रालयले विभिन्न शर्त राखेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने यो आयोजनाको ईआईए अघि बढाउन सहमति दिएको हो ।
वनको सहमति पाएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ईआईएसँगै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को अध्ययन अघि बढाउन चिनियाँ पक्षलाई जानकारी गराउने प्रक्रिया अघि बढाएको छ । वन मन्त्रालयले ८ बुँदे शर्त राखेर यो आयोजनाको ईआईए प्रक्रिया अघि बढाउन सहमति दिएको छ । मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुधवार सहमति दिएको हो । यससँगै पूर्वसम्भाव्यता अध्ययन भएको यो सुरुङमार्गको डीपीआर र ईआईए अघि बढाउन बाटो खुलेको छ । यस्तै, चिनियाँ पक्षलाई पनि जानकारी गराइने मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘वन मन्त्रालयको सहमति प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘मन्त्रालयले राखेका शर्तहरू ईआईए र डीपीआर अघि बढाउँदा कार्यान्वयनमा जाने भएकाले थप अध्ययन अगाडि बढाउन परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षलाई जानकारी गराउन भनिएको छ ।’
चीन सरकारको सहयोगमा यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । थप अध्ययन अघि बढाउन चिनियाँ पक्षबाट माग भएअनुसार अहिले वनबाट सहमति पाइसकेको भन्दै मन्त्रालयका ती अधिकारीले चिनियाँ पक्षलाई जानकारी गराउन भनिएको बताए ।
प्रस्तावित आयोजना निर्माण र सञ्चालन गर्दा दुर्लभ र लोपोन्मुख वन्यजन्तु र यिनीहरूको वासस्थान, जैविक विविधता र पारिस्थितिक प्रणालीमा पर्ने नकारात्मक असरको अध्ययन गर्नुपर्ने मन्त्रालयको शर्त छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका–२०७८ अनुसार यी विषयमा विस्तृत अध्ययन गरी/गराई नकारात्मक असर न्यूनीकरणका उपाय पालना र कार्यान्वयनको व्यवस्था पनि प्रतिवेदनमा समेट्नुपर्नेछ ।
यस्तै आयोजनाको सम्भाव्यता अध्ययन गर्दा विभिन्न विकल्पहरूको पनि अध्ययन गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसरी अध्ययन गर्दा तथ्य र तथ्यांकको आधारमा जैविक विविधता र समग्र वातावरणमा न्यून नकारात्मक असर पुर्याउने र मध्यवर्ती र निकुञ्ज क्षेत्रको वनमा न्यूनतम प्रयोग गर्ने विकल्प छनोट गरी अध्ययन गर्न भनिएको छ ।
अध्ययन प्रतिवेदनमा वैकल्पिक डिजाइनहरू प्रस्ताव गरी कम वातावरणीय क्षति हुने एवं निकुञ्ज र मध्यवर्ती क्षेत्रको वनक्षेत्र न्यूनतम प्रयोग गर्ने डिजाइन छनोट गरेको विस्तृत विवरण प्रतिवेदनमा समेट्नुपर्ने, अध्ययनमा उक्त निकुञ्ज कार्यालयका अधिकृत स्तरका प्राविधिक कर्मचारी अनिवार्य संलग्न गराउनुपर्नेलगायत शर्त मन्त्रालयले राखेको छ ।
सन् २०१९ अक्टोबरमा नेपाल भ्रमणमा चिनियाँ राष्ट्रपति आउँदा यो सुरुङमार्गको अध्ययन अघि बढाउने विषयमा सहमति भएको थियो । रसुवागढी सडकलाई काठमाडौंबाट छोटो दूरीले जोड्ने र उत्तरतर्फको सडक पहुँचलाई नजिक बनाउन यो सुरुङमार्ग अघि बढाउने योजना अघि सारिएको छ ।
काठमाडौं । सडकमा सुरुङमार्ग निर्माण शुरू भइसकेको मुलुकमा थप ठाउँमा यस्ता संरचना बनाउन अध्ययन भइरहेको छ । सडक विभागले विभिन्न राजमार्ग तथा सडकमा हालसम्म एक अन्डरपाससहित १८ ओटा सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन गरिरहेको छ । थप नयाँ चार स्थानमा सुरुङमार्ग अध्ययन गर्न आवश्यक देखिएको पनि विभागले औंल्याएको छ ।
विभागका अनुसार धरान–लेउती, मानेचौर–बीपीनगर खुटिया दिपायल खण्ड र बीपीनगर खुटिया दिपायल सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।
अहिले नागढुंगामा सुरुङमार्ग निर्माण भइरहेको छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि प्रक्रिया अघि बढेको छ । यसबाहेक गत आर्थिक वर्षसम्ममा विभागले उक्त संख्यामा सुरुङमार्ग बनाउन पूर्वसम्भाव्यता अध्ययन, खरीद व्यवस्थापन र थप नयाँ स्थान पहिचान गरेको हो ।
विभागका महानिर्देशक सुशीलबाबु ढकालले आवश्यक देखिएका स्थानमा सुरुङमार्ग निर्माण गर्न अध्ययन गरिएको बताए । तर, अध्ययन हुनासाथ निर्माण भइहाल्ने अवस्था भने नभएको उनको भनाइ छ । ‘विभिन्न सडकमा सुरुङमार्ग बनाउन आवश्यक छ भन्ने महसूस भएको छ,’ ढकालले भने, ‘यो संरचना बनाउन धेरै प्रक्रिया पूरा गर्नुपर्छ । उदाहरणका लागि नागढुंगा सुरुङमार्ग बनाउन सन् २०१२ बाट छलफल भएको थियो, ठेक्का बल्ल सन् २०१८ मा व्यवस्थापन भयो ।’
अहिले ठाउँहरू पहिचान गरिएको र प्राथमिकताका आधारमा बनाउनैपर्ने देखिएमा स्रोत व्यवस्थापन गर्दै निर्माण अघि बढाउने उनले बताए । विभागको आव २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार अध्ययन भइरहेका सुरुङमार्ग पोखरादेखि जाजरकोट, रारा राजमार्गहरूमा पर्छन् ।
विभागले सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत विभिन्न खण्डमा अध्ययन गरेको छ । निर्माण तुलनात्मक रूपमा महँगो भए पनि सडकको दूरी घटाउन, ट्राफिक व्यवस्थापन र कतिपय अवस्थामा पहिरोका कारण हुने जनधनको क्षति कम गर्न पछिल्लो समय सरकारले सुरुङमार्ग निर्माण योजना अघि सारेको छ । ट्राफिक व्यवस्थापन र दूरी छोट्ट्याउन जापान सरकारको ऋण सहयोगमा नागढुंगा सुरुङमार्ग निर्माण भइरहेको छ । वर्षेनि पहिरोका कारण जनधनको क्षति हुने सिद्धबाबामा उक्त क्षति रोक्न सुरुङमार्ग निर्माण अघि बढाइएको विभागले जानकारी दिएको छ ।
उक्त आयोजना बनाउन विभागले चिनियाँ कम्पनी चाइना स्टेटसँग २०७८ फागुनमा ठेक्का सम्झौता गरिसकेको छ । यसको ठेक्का सम्झौता रकम ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । ५ वर्षमा यो सुरुङमार्ग सम्पन्न गर्ने भनिएको छ ।
विभागले आफ्नो प्रतिवेदनमा ठेक्का सम्पन्न गर्नुपर्ने मिति भने उल्लेख गरेको छैन ।
विभागका अनुसार सिद्धबाबा सुरुङमार्गको सर्वे सम्पन्न भइसकेको छ । यसमा ठेक्काअन्तर्गतका निर्माणको डिजाइन गर्न नक्सांकन, भौगर्भिक अध्ययनलगायत काम सम्पन्न भएका छन् । सुरुङमार्गको डिजाइन पनि विभागले स्वीकृत गरिसकेको छ ।
निर्माण व्यवसायी चिनियाँ कम्पनी साइटमा मोबिलाइज भई क्याम्प, विद्युतीय लाइन तथा ट्रान्फर्मर जडान, वर्कसप, इक्वीपमेन्ट यार्ड निर्माणलगायत काम गरिसकेको छ । विभागले चालू आवमा ४०० मीटर सुरुङमार्ग खन्ने काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं। मुलुकमा सडक सञ्जाल विस्तारसँगै अहिले यसलाई सुरक्षित र दीर्घकालीन रूपमा टिकाउ बनाउन सकिने उपायबारे छलफल शुरू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘लाइफ टाइम’ सडक योजना बनाउने विषयमा पूर्वाधार विज्ञहरूसँग छलफल शुरू गरेको हो ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बुधवारदेखि पूर्वाधार विज्ञहरूसँग छलफल शुरू गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा छलफल गरिएको छ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य, मेघराज धिताल, तारानिधि भट्टराई, बिबी देउजा लगायतसँग मन्त्री ज्वालाले छलफल गरेका थिए । सो अवसरमा उनीहरूले खर्चिलो भए पनि नेपालको अवस्थाअनुसार सुरुङमार्ग निर्माण नै उपयुक्त हुने सुझाव दिएका छन् ।
मुलुकमा सञ्चालनमा आइसकेका सडकहरू बाढी, पहिरो जस्ता कारण छिट्टै क्षति हुने र सडकको आयु पनि लामो नभएको भन्दै उनीहरूले भौगोलिक अवस्था अनुसार सुरुङमार्ग बनाउन सुझाव दिएका छन् । मन्त्री ज्वालाले भौगोलिक विकटताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौती कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा राय, सुझाव पनि मागेका छन् ।
‘सडक गाउँ बस्तीमा पुर्याउने भए पनि हाम्रा धेरै गाउँ बस्तीहरू चुरे र महाभारत शृंखलामा पर्छन्,’ मन्त्री ज्वालाले भने, ‘जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा निकै चुनौती छ ।’ जति राम्रो सडक बनाए पनि बाढी पहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको विज्ञहरूले बताएका छन् । यस्ता समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गनुपर्ने आवश्यकता पनि उनीहरूले औंल्याएका छन् ।
यसैगरी सो अवसरमा हाल सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन शुरू गर्न उनीहरूले सुझाएका छन् । मुलुकमा सडक राजमार्गमा बनेको पहिलो सुरुङमार्ग नागढुंगा सुरुङमार्ग आयोजना हाल निर्माणाधीन छ भने आपत्कालीन सुरुङमार्ग तयार भइसकेको छ । मुख्य सुरुङमार्ग दशैंअघि नै सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ । यसबाहेक सडकको दूरी घटाउन र पहिरोबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले सिद्धबाबा सुरुङमार्ग निर्माण प्रक्रिया पनि अघि बढाएको छ ।
निर्माणको चरणमा रहेका यी दुई सुरुङमार्गबाहेक सडक विभागले मुलुकका विभिन्न स्थानका सडकमा पनि सुरुङमार्ग बनाउने विषयमा अध्ययन शुरू गरिसकेको छ । विभागले करीब २ दर्जन स्थानमा सुरुङमार्ग बनाउने विषय अघि बढाएको छ । कतिपय स्थानमा प्रस्तावित सुरुङमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ भने धेरैको सम्भाव्यता अध्ययन भएको विभागले जानकारी दिएको छ ।
काठमाडौं, फागुन ३ । मुलुकको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि बल्ल वातावरणीय प्रभाव अध्ययन (ईआईए) हुने भएको छ । २०७७ सालमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले यस सुरुङमार्गको पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलिटी अध्ययन) तयार पारेको थियो । सोही बेलादेखि यो सुरुङमार्ग निर्माण क्षेत्रमा चाइनिज पक्ष नेपाल आएका थिएनन् । तर, सडक विभागलाई ईआईए […]
काठमाडौं । मुलुकको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि बल्ल वातावरणीय प्रभाव अध्ययन (ईआईए) हुने भएको छ । २०७७ सालमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले यस सुरुङमार्गको पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलिटी अध्ययन) तयार पारेको थियो । सोही बेलादेखि यो सुरुङमार्ग निर्माण क्षेत्रमा चाइनिज पक्ष नेपाल आएका थिएनन् । तर, सडक विभागलाई ईआईए अध्ययन गरेर […]
The post टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि ईआईए अध्ययन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
चीनको सिगात्से जोड्ने गरी प्रस्ताव गरिएको केरुङ-काठमाडौं रेल आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा शनिबार नेपाल र चीनबीच भएका परियोजनाका लागि प्राविधिक सहायता योजनासम्बन्धी समझदारीपत्रमा तीन चरणमा गर्ने उल्लेख छ । अप्ठेरो भूगोलमा करिब ९८ प्रतिशत सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना भएकाले अध्ययनमा …
गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे । सुरुङ र विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ...