सुरुङमार्गको बजेट घटाइयो

काठमाडौं, मंसिर १५ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २३ वटा सुरुङमार्गको अध्ययन र निर्माणको लागि भन्दै एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन गरेका थिए। पछिल्ला अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा पूर्ववर्ती अर्थमन्त्रीले सुरुङमार्गको लागि छुट्ट्याएको बजेट घटाएर एक अर्ब ६ करोड रूपैयाँमा झारेका छन्। मन्त्री शर्माले स्वार्थअनुकूलका चारवटा सुरुङमार्ग समावेश गरेका छन्। फुस्रेखोला […]

सम्बन्धित सामग्री

काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो : अर्थमन्त्री

नुवाकोट : अर्थमन्त्री डा प्रकाशशरण महतले अब काठमाडौँ वरिपरिका जिल्लाको विकासका लागि समय आएको बताएका छन्।आज नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले भने, 'काठमाडौँ बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसङ्ख्या पनि छ, अब विकास गर्न लाग्नुपर्छ।' उनले काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्नेमा जोड दिए। 'काठमाडौँ–छहरे सुरुङमार्गको काम हामीले गरिरहेका छौँ, एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो। यसका लागि तया

आयोजनाको अवस्था नहेरी टोखा–छहरे सुरुङमार्गलाई १ अर्ब

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै टोखा–छहरे सुरुङ मार्गको निर्माण कार्य अगाडि बढाउनको लागि १ अर्ब रुपैयाँ विनियोजन गरेका छन् । तर मातहतको निकायसँग आवश्यक समन्वय र आयोजनको अवस्था, प्रकृति नै नबुझि मन्त्री महतले बजेटमा टोखा–छहरे सुरुङमार्गको लागि बजेट विनियोजन गरेका हुन् । प्रारम्भिक अध्ययनमात्र भएको आयोजनको मन्त्री […]

काठमाडौँ उपत्यकाको चार भञ्ज्याङमा चार सुरुङमार्ग

सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले टोखा–छहरे, गोदावरी–पनौती र साँगा–बनेपा खण्डको सुरुङमार्ग निर्माणका लागि अध्ययन गरिने बताए । सुरुङ मार्ग विकास कार्यक्रमका लागि रु एक अर्ब १९ करोड विनियोजन भएको छ । काठमाडौँ उपत्यकाको सवारी चापलाई व्यवस्थ

बजेट नहुँदा रोकियो लुलाङ-गुर्जा सुरुङमार्गको सर्भे

म्याग्दी : लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्भर्को काम रोकिएको छ।लुलाङको जओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङमार्गका लागि दुई अर्ब ६ करोड रुपैयाँ लाग्ने र उक्त रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्भेको काम नै रोकिएको धवलागिरि गाउँपालिका-१ का वडा अध्यक्ष भकबहादुर छन्त्यालले बताए।‘सुरुङमार्गको सर्भे अत्यधिक लागतका कारण प्रक्रियामा नै लैजान नसकिँदा अहिले अवरुद्ध भएको छ। सुरुवाती प्रक्र

एकैपटक २१ सुरुङमार्गको अध्ययन हुँदै

काठमाडौं । सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८/७९ (आव) मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको हो । विकसित मुलुकमा सुरुङमार्ग निर्माण कार्यले तीव्रता पाए पनि नेपालमा सुरुङमार्ग निर्माणले गति लिन सकेको छैन । अहिलेसम्म थानकोट–नागढुंगा सुरुङमार्गको मात्र निर्माण कार्य भइरहेको छ । यद्यपि सुरुङमार्ग निर्माण गर्ने आवाज आजको भने होइन । तत्कालीन सरकारले २०७६ मा ११ सुरुङमार्गको अध्ययन गर्ने लक्ष्य राखेको थियो । सुरुङमार्ग निर्माणमा उच्च लागत र प्रविधि आवश्यक पर्छ । एक किलोमीटर (किमी) सुरुङमार्ग बनाउन न्यूनतम रू. ३ अर्ब ५० करोड आवश्यक पर्छ । तर, यस्तो निर्माण कार्यले भौतिक पूर्वाधारको विकास मात्र नभई अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने भएकाले निर्माण गर्नुपर्ने अधिकारीहरू बताउँछन् । सडक विभागका प्रवक्ता शिव नेपाल सुरुङमार्गले अर्थतन्त्रलाई टेवा दिने भएकाले तीमध्ये केही जतिसक्दो छिटो निर्माण गर्न आवश्यक रहेको बताउँछन् । ट्राफिक व्यवस्थापन सहज बनाउने कोटेश्वर–जडीबुटी, दाउन्ने–बर्दघाट, खुर्काेट–चियाबारी र धरानको लेउती सुरुङमार्ग निर्माणलाई विभागले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । अन्य सुरुङमार्गको पहिचान र प्रारम्भिक अध्ययन भइरहेको उनले बताए । नेपालका कुन–कुन भागमा सुरुङमार्ग आवश्यकता छ भनी पहिचान गरिएको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सम्भाव्यता अध्ययन अघि बढाइएको जानकारी दिए । चालू आर्थिक वर्षमा सुरुङमार्गको अध्ययनका लागि प्रतिआयोजना रू. ३० लाखदेखि रू. ४० लाखसम्म बजेट विनियोजन गरिएको छ । अध्ययन लागत सुरुङमार्ग अनुसार फरक–फरक हुने नेपालले बताए । सुरुङमार्गको लम्बाइ, भौगोलिक अवस्थिति जस्ता पक्षलाई ध्यान दिएर अध्ययन बजेटको सीमा राखिएको छ । यिनको प्रारम्भिक अध्ययन मात्रै गरिने र बजेट तथा लगानी सुनिश्चित भएपछि आवश्यकताका आधारमा निर्माण अघि बढाइनेछ । आगामी पुसदेखि निर्माण शुरू गरिने सिद्धबाबा सुरुङमार्गसहित अध्ययन अघि बढाइएका सुरुङमार्गमा लामाबगर, धरान–लेउती, टोखा–छहरे–गुर्जेभञ्ज्याङ, कोटेश्वर–जडीबुटी, दुम्कीबास–बर्दघाट छन् । त्यस्तै हेम्जा–नयाँपुल, कुशेपाटन–ब्याउली ढुंगा–इमिलचाखोला, बाग्लुङ–ब्युँ–नरेठाँटी, कुलेखानी–भीमफेदी, खुर्कोट–चियाबारी, मझिम्टार–शक्तिखोर, थानकोट–चित्लाङ, प्रवास–जोर्ते सुरुङमार्गको अध्ययन अघि बढाइएको विभागले जानकारी दिएको छ । रसुवागढी–बेत्रावती, बबई–छिन्चु, ताथली–रबीओपी, गोदावरी–मानचौर, दुम्लिङ–वासपाङ (चेपाङमार्ग), फस्रेखोला–छोरेपाटन र राजदुवोल–सुनमाई सुरुङमार्गको अध्ययन पनि अघि बढेको छ । विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार यी सुरुङमार्गमध्ये अधिकांशको प्रारम्भिक सम्भाव्यता अध्ययन नेपालले नै गर्नेछ । केन्द्रका सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) सौरभ वज्राचार्यले विभागले अघि सारेका सुरुङमार्गमध्ये केहीको चीन, जापान र स्वीस सरकारको सहयोगमा अध्ययन हुने बताए । रसुवागढी–बेत्रावती र टोखा–गुर्जेभञ्ज्याङको चीन, कोटेश्वर–जडीबुटी र खुर्काेट–चियाबारीको जापानको जाइका, थानकोट–चित्लाङ सुरुङमार्ग स्वीस सरकारले अध्ययन गर्ने उनले जानकारी दिए । हाल ठेक्का सम्झौताको तयारीमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण भने आगामी पुसदेखि शुरू हुने भएको छ । वज्राचार्यका अनुसार चाइना स्टेटसँग यो सुरुङमार्ग निर्माणका लागि अबको १ सातामा सम्झौता गरिने भएको छ । द्रुतमार्गमा सुरुङमार्ग बनाउने जिम्मा पाएको चाइना स्टेट कर्पाेरेशनले यसको ठेक्का पाएको छ । कम्पनीले ५ वर्षभित्रमा सम्पन्न गर्ने गरी प्रस्तावित बिडका १३ प्रतिशत कम कबोल गरी रू. ७ अर्ब ३४ करोडमा निर्माणको जिम्मा लिएको छ । कम्पनीसँग ठेक्का सम्झौता भएको ९ महीनामा उसले डिजाइन, माटोको अनुसन्धान तथा अन्य अध्ययन गर्नेछ । ५ वर्षमा सुरुङमार्ग बनाइसक्नुपर्नेछ । केन्द्रको इस्टिमेट लागत रू. ९ अर्ब ४ करोड थियो ।

प्रतिस्थापन विधेयकमा सुरुङमार्गको बजेट घट्यो

अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु वर्षको बजेटमा २७ वटा सुरुङमार्ग अध्ययन तथा निर्माण गर्ने योजना छ। २७ मध्ये तीनवटा सुरुङमार्गको मात्रै निर्माण हुने सडक विभागले जनाएको छ।...

जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

जाजरकोट । जाजरकोट–जुम्ला छिटोछरितो पुग्न सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरू गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए । जाजरकोट सदरमुकाम–पाँचकाटिया हुँदै कुशे–८ साङ्टाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सडकका लागि सम्भाव्यता अध्ययन गर्न सडक डिभिजन चौरजहारीले प्रक्रिया शुरू गरेको छ । अर्कोतिर सदरमुकाम पाँचकाटिया हुँदै हानीसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जोड्ने सडक निर्माण जारी छ ।     त्यस्तै जाजरकोट–डोल्पा सडक खण्डको नलगाड नगरपालिकाबाट बारेकोट हुँदै जुम्ला जोड्ने अर्को सडक बारेकोट जोडिसकेको छ । पाँचकाटिया कायदापाखा सिल्पाचौर लिम्सा सडक खण्डको प्रदेश सरकारको सहयोगमा निर्माण जारी रहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए । यो आवमा पनि सो सडक निर्माणका लागि बजेट विनियोजन भइसकेकाले काम निरन्तर जारी रहने प्रदेशसभा सदस्य सिंहले जानकारी दिए । जुम्ला जान सबैभन्दा छोटो बाटोमध्येको सुरुङमार्ग नै हुने भएकाले यो निर्माण कार्यलाई बढी जोड गरिएको छ । जुम्ला सडक जोड्न अब दुई खण्डको विकास भइरहेको सिंहले बताए ।     साङ्टाबाट इमिल्चाघारीसम्म अहिलेको लम्वाइ झन्डै १० किलोमिटर छ । सुरुङ निर्माणका लागि ५ किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । हिँडेर करीब ७ घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ । सुरुङ मार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए । लुम्बिनी–दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्न यो सडक सबैभन्दा छोटो हुने भएकाले काम शुरू गर्न लागिएको बताइएको छ । रासस

जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

जाजरकोट । जाजरकोट–जुम्ला छिटोछरितो पुग्न सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरू गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए । जाजरकोट सदरमुकाम–पाँचकाटिया हुँदै कुशे–८ साङ्टाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सडकका लागि सम्भाव्यता अध्ययन गर्न सडक डिभिजन चौरजहारीले प्रक्रिया शुरू गरेको छ । अर्कोतिर सदरमुकाम पाँचकाटिया हुँदै हानीसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जोड्ने सडक निर्माण जारी छ ।     त्यस्तै जाजरकोट–डोल्पा सडक खण्डको नलगाड नगरपालिकाबाट बारेकोट हुँदै जुम्ला जोड्ने अर्को सडक बारेकोट जोडिसकेको छ । पाँचकाटिया कायदापाखा सिल्पाचौर लिम्सा सडक खण्डको प्रदेश सरकारको सहयोगमा निर्माण जारी रहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए । यो आवमा पनि सो सडक निर्माणका लागि बजेट विनियोजन भइसकेकाले काम निरन्तर जारी रहने प्रदेशसभा सदस्य सिंहले जानकारी दिए । जुम्ला जान सबैभन्दा छोटो बाटोमध्येको सुरुङमार्ग नै हुने भएकाले यो निर्माण कार्यलाई बढी जोड गरिएको छ । जुम्ला सडक जोड्न अब दुई खण्डको विकास भइरहेको सिंहले बताए ।     साङ्टाबाट इमिल्चाघारीसम्म अहिलेको लम्वाइ झन्डै १० किलोमिटर छ । सुरुङ निर्माणका लागि ५ किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । हिँडेर करीब ७ घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ । रासस

आगामी वर्ष तीन ठाउँमा सुरुङमार्ग सुरु हुने

सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर–लाप्चे, धरान–लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए। यी तीनवटामध्ये सिद्धबाबा ...