नागढुंगा–नौबीसे सुरूङमार्ग आयोजनाको काठमाडौंतर्फ बन्ने १२८ मीटर लामो फ्लाइओभर निर्माण स्थानको मुआब्जा दिन बजेट अपुग देखिएको छ । बहुवर्षीय ठेक्का आयोजनामा मुआब्जाका लागि शीर्षगत एकमुष्ट बजेट विनियोजन नगर्दा अहिले यो मुआब्जाको रकम जोहो गर्न अन्य योजनाहरूको बजेट रकमान्तरण गर्न लागिएको छ ।
फ्लाइओभर बन्ने काठमाडौंपट्टिको बलम्बु क्षेत्रमा मुआब्जाका लागि रू. १ अर्ब १४ करोड बजेट आवश्यक भए पनि आयोजनाले हालसम्म रू. ३० करोड मात्रै बजेट पाएको छ भने अर्काे हप्ताभित्र आयोजनालाई थप रू. ४५ करोड बजेट आवश्यक पर्छ । उक्त रकमका लागि सडक ...