सर्लाहीका किसानलाई तरुल खन्ने चटारो

सर्लाही : माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीको उत्तर–पश्चिमका क्षेत्रका किसानलाई तरुल खन्ने चटारो बढेको छ। सर्लाहीको शंकरपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती गरिन्छ। यस क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि राम्रो आम्दानी गर्दै आएका छन्। बागमती नगरपालिका–५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यो वर्ष १८ कट्ठामा लगाएको तरुल तीन लाख तीन हजार रुपैयाँमा बिक्री गरिसकेको जानकारी दिए। उनले गत वर्ष दुई लाख ५० हजार रुपैय

सम्बन्धित सामग्री

‘तरुल’ ले भरिएको कालीमाटी (तस्बिरहरु)

माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ।...

माघे संक्रान्तिका लागि कालीमाटीमा तरुल किन्नेको भीड (भिडिओ)

काठमाडौं । माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ । काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो । काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्भाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटका […]

कालीमाटीमा तरुल व्यापारको चटारो

माघी पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा तरुल व्यापारको चटारो लागेको छ । विभिन्न थरीका तरुल अहिले कालीमाटी बजारमा बिक्रीवितरण भइरहेको छ ।

माघेसंक्रान्ति नजिकिँदै गर्दा किसानलाई तरुल बेच्ने चटारो

माघेसंक्रान्तिमा विशेष परिकारको रूपमा खाइने तरुल बेच्न सर्लाहीका किसानलाई यतिवेला चटारो परेको छ ।

सर्लाहीका किसानलाई तरुल खन्ने चटारो

सर्लाही : जिल्लाको उत्तर पश्चिम क्षेत्रका किसानलाई यतिखेर तरुल खन्ने चटारो छ। माघे संक्रान्ति आउन केही दिन बाँकी रहँदा बजारमा लैजान धमाधम तरुल खन्न थालिएको हो। जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरिया लगायतका क्षेत्रमा व्यावसायिक रूपमा तरुल खेती गरिन्छ। तरुल खेतीबाट यो क्षेत्रका किसानले बर्सेनी राम्रो आम्दानी गर्दै आएका छन्। यो वर्ष आफूले ७ कठ्ठामा लगाएको तरुल २ लाख २० हजार रुपैयाँमा बिक्री गरिसकेको बागमती नगरपालिका–१० शंकरपुरका किसान रामआशिष महतोले

बढ्दो जाडोमा पर्वको चटारो

महोत्तरी । पुस महिना सकिँदै लाग्दा महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारो परेको छ । पर्व नजिकिँदै जाँदा किसानलाई काम भ्याइनभ्याइ भएको छ । मिथिलामा माघ संक्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ । ‘पवनी (पर्व)ले छोपिसक्यो, घरको कामकाज सक्न र फसल बजार पुर्‍याउन भ्याइनभ्याइ छ,’ भंगाहा नगरपालिका–४ रामनगरका ४० वर्षीय किसान चन्देश्वर राय दनुवारले भने, ‘अहिले बजार पुर्‍याउन नसके अलुवा (सुठुनी, सखरखण्ड)को भाउ संक्रान्तिपछि खस्किन्छ ।’ मिथिलामा यस पर्वमा अलुवा, तरुल र पिँडालुजस्ता कन्दमूल उसिनेर खाने/ख्वाउने परम्पराले संक्रान्ति अघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन् । मात्र एक कट्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट संक्रान्तिअघि बजार पुर्‍याउन सके १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ । पुस मसान्तभित्रै पर्व विशेषका उत्पादन बजार पुर्‍याउन नसके सोचेको आम्दानी पाउन नसकिने यहाँका किसान बताउँछन् । पर्वमा सख्खर, तिल, चिउरा, मास, जुनेलो (अन्न विशेष) र तरुवा खाइने तरकारी विशेषको खुबै माग हुन्छ । पर्वमा सक्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको लड्डु खाने/ख्वाइने गरिन्छ । त्यसैगरी कोभी, भाण्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने प्रचलनले यी वस्तुको भाउ अहिले ह्वात्तै बढेको छ । पर्वका लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पुर्‍याउनै पर्ने चटारोले अहिले सास फेर्ने फुर्सत पनि नभएको बलवा नगरपालिका–१० धमौराका किसान वासुदेव पासवान बताउँछन् । पछिल्ला केही दिनयता फेरि कोरोना संक्रमणको सन्त्रास बढ्दै गएपछि अब बजार जाने कुरामा पनि चिन्ता थपिएको छ । रासस

किसानलाई तरुल खन्ने चटारो

माघे संक्रान्तिमा फलहारका रूपमा प्रयोग हुने तरुल खन्न सर्लाहीको पश्चिमी क्षेत्रका किसानलाई चटारो छ । दुई सातायता बजारमा तरुलको माग बढेर व्यापारी खेतमै पुग्न थालेपछि किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याई भएको हो ।

माघे संक्रान्ति नजिकिँदै गर्दा किसानलाई तरुल खन्न चटारो

माघे संक्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ ।  गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो ।  व्यापारीले व्यावसायिक रूपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरिद गर्न थालेपछि उनीहरू उत्साहित भएका हुन् । माघे संक्रान्ति आउन १ हप्ता बाँकी भए पनि अन्यत्र निकासीका लागि अहिलेदेखि नै खन्न थालिएको किसानले बताएका छन् । जिल्लाको कर्मैया, जिरायत, बरहथवा, हजरिया, राजघाट र शंकरपुर लगायतका क्षे...