बढ्दो जाडोमा पर्वको चटारो

महोत्तरी । पुस महिना सकिँदै लाग्दा महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारो परेको छ । पर्व नजिकिँदै जाँदा किसानलाई काम भ्याइनभ्याइ भएको छ । मिथिलामा माघ संक्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ । ‘पवनी (पर्व)ले छोपिसक्यो, घरको कामकाज सक्न र फसल बजार पुर्‍याउन भ्याइनभ्याइ छ,’ भंगाहा नगरपालिका–४ रामनगरका ४० वर्षीय किसान चन्देश्वर राय दनुवारले भने, ‘अहिले बजार पुर्‍याउन नसके अलुवा (सुठुनी, सखरखण्ड)को भाउ संक्रान्तिपछि खस्किन्छ ।’ मिथिलामा यस पर्वमा अलुवा, तरुल र पिँडालुजस्ता कन्दमूल उसिनेर खाने/ख्वाउने परम्पराले संक्रान्ति अघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन् । मात्र एक कट्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट संक्रान्तिअघि बजार पुर्‍याउन सके १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ । पुस मसान्तभित्रै पर्व विशेषका उत्पादन बजार पुर्‍याउन नसके सोचेको आम्दानी पाउन नसकिने यहाँका किसान बताउँछन् । पर्वमा सख्खर, तिल, चिउरा, मास, जुनेलो (अन्न विशेष) र तरुवा खाइने तरकारी विशेषको खुबै माग हुन्छ । पर्वमा सक्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको लड्डु खाने/ख्वाइने गरिन्छ । त्यसैगरी कोभी, भाण्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने प्रचलनले यी वस्तुको भाउ अहिले ह्वात्तै बढेको छ । पर्वका लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पुर्‍याउनै पर्ने चटारोले अहिले सास फेर्ने फुर्सत पनि नभएको बलवा नगरपालिका–१० धमौराका किसान वासुदेव पासवान बताउँछन् । पछिल्ला केही दिनयता फेरि कोरोना संक्रमणको सन्त्रास बढ्दै गएपछि अब बजार जाने कुरामा पनि चिन्ता थपिएको छ । रासस

सम्बन्धित सामग्री

चाडपर्व र बाली थन्क्याउने चटारो सँगसँगै

मध्य कात्तिक कटेसँगै महोत्तरीका किसानलाई चटारो बढेको छ । खेतमा धान पाकेर खेत पहेँलपुर छ । आलु, कोभी, भाण्टासहितका हिउँदे तरकारी, गहुँ, दलहन र उखु लगाउने बेला । यसैबेला मुख्य चाडपर्व तिहार र छठको रमझम छ । यहाँका किसानलाई अहिले राष्ट्रिय महत्वका पारम्परिक चाडपर्वसँगै धान थन्क्याउने र हिउँदे बाली लगाउने चटारो सँगसँगै परेको छ । …

मुरी भित्र्याउने चटारो [भिडियाे]

दसैँ, तिहार नजिकिँदै गर्दा किसानलाई भने ‘मुरी भित्र्याउने पर्व’को चटारो छ। बर्खामा रोपेको धान पाक्न सुरु भएकाले किसानले बाली भित्र्याउने कामबाट अन्यत्र साेच्न भ्याएका छैनन्। देशभरका अधिकांश स्थानमा धान काट्ने र चुट्ने काम धमाधम भइरहेकाे छ।...

स्याउ बगैंचा व्यवस्थापनको चटारो

मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैंचा व्यवस्थापनको चटारो छ। मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो।...

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो

ताप्लेजुङ – ताप्लेजुङका किसानलाई यतिबेला अलैँची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैँची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैँची टिप्न र थन्क्याउने चटारो भएको हो । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न सुरु गरिन्छ । माथिल्लो लेक क्षेत्रमा मंसिर महिनासम्म अलैँची टिप्ने गरिन्छ । यसरी भदौ महिनादेखि मंसिरसम्म अलैँची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मध्य अर्थात् मुख्य सिजन भएकाले किसानलाई भ्य...

लमजुङका किसानलाई कोदो रोप्ने चटारो

काठमाडौँ,१३ साउन । यतिबेला यहाँका किसानलाई कोदो रोप्न चटारो छ । रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त सयम हुन थालेसँगै हप्ता १० दिन अघिदेखि कोदो रोप्ने चटारो पर्न थालेको हो । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार केही समयदेखि जिल्लाभरि नै किसानले कोदो रोप्न थालेका छन् । उनले भने, “चिसो ठाउँ, मकै बारीभित्र र […]

चटारो रोपाईको, दृश्यमा चाँगुनारायणको माहोल

असार लागेसँगै रोपाईको चटारो शुरु भएको छ। शहरदेखि गाउँसम्म धान खेतहरुमा रोपहार, बाउसे र हलीलाई भ्याइनभ्याई छ। यसपटक मनसुन पनि चाँडै भित्रिएकाले रोपाईको चटारो परेको किसानहरु बताउँछन्। भक्तपुरको उत्तरी भेगमा पनि यसरी नै रोपाई शुरु भएको छ। भक्तपुस्थित चाँगुनारायण नगरपालिकाको चाँगुनारयण क्षेत्रमा बुधवार भएको रोपाईको दृश्य :

मिथिलामा छठको ‘सनेस’ (कोसेली) को चटारो

छठपर्व सकिएसँगै मिथिलाका गृहिणीलाई ‘सनेस’ (कोसेली) को चटारो छ । ‘सनेस’ छोरी, दिदीबहिनी, इष्टमित्र र नजिकका आफन्तलाई पठाउने परम्पराले अहिले मैथिल गृहिणीलाई ठकुवा, भुसुवासहितका परिकार पकाउन र सम्बन्धितकहाँ पठाउने चटारो परेको हो । दसैँ, तिहार पर्व सकिएलगत्तै छठका तयारीमा लाग्दा गृहस्थ जीवनका काम असरल्ल परेकै बीच अहिले ‘सनेस’ भ्याउनुपरेको मैथिल गृहिणी बताउँछन् । “धान थन्क्याइसकिएको …

धान थन्क्याउने चटारो (फोटोफिचर)

कात्तिक पहिलो साताको वर्षाले तराईतिर धमाधम धान डुबाउन थाल्दा पोखरा क्षेत्रमा भने धान पाकेको पनि थिएन। यहाँ बल्ल धान पाकेर भित्र्याउने चटारो सुरु भएको छ।...

म्याग्दीका किसानहरुलाई धान भित्र्याउने चटारो

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । जिल्लाका माथिल्लो भेगमा धान, कोदो, मकै, भटमासलगायत बाली भित्र्याउन थालिएको हो । पात्लेखेत, घतान, पुलाचौर, कुहुँ लगायतका स्थानका किसानालाई बाली भित्र्याउने चटारो छ । यसपालि बेलैमा र पर्याप्त बर्षा भएका कारण धान उत्पादन बढेको किसानहरुले जानकारी दिएका छन् । म्याग्दी जिल्लाको कुल खेतीयोग्य […]

मनसुन बढ्दा रोपाईको चटारो, दृश्यमा छम्पीको माहोल

असार लागेसँगै रोपाईको चटारो शुरु भएको छ। शहरदेखि गाउँसम्म धान खेतहरुमा रोपहार, बाउसे र हलीलाई भ्याइनभ्याई छ। यसपटक मनसुन पनि चाँडै भित्रिएकोले रोपाईको चटारो परेको किसानहरु बताउँछन्। ललितपुरको दक्षिणी भेगमा पनि यसरी नै रोपाई शुरु भएको छ। ललितपुरस्थित छम्पीमा बिहीवार भएको रोपाईको दृश्य :