माघे संक्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ ।
गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो ।
व्यापारीले व्यावसायिक रूपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरिद गर्न थालेपछि उनीहरू उत्साहित भएका हुन् । माघे संक्रान्ति आउन १ हप्ता बाँकी भए पनि अन्यत्र निकासीका लागि अहिलेदेखि नै खन्न थालिएको किसानले बताएका छन् ।
जिल्लाको कर्मैया, जिरायत, बरहथवा, हजरिया, राजघाट र शंकरपुर लगायतका क्षे...