सर्लाही : जिल्लाको उत्तर पश्चिम क्षेत्रका किसानलाई यतिखेर तरुल खन्ने चटारो छ। माघे संक्रान्ति आउन केही दिन बाँकी रहँदा बजारमा लैजान धमाधम तरुल खन्न थालिएको हो। जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरिया लगायतका क्षेत्रमा व्यावसायिक रूपमा तरुल खेती गरिन्छ। तरुल खेतीबाट यो क्षेत्रका किसानले बर्सेनी राम्रो आम्दानी गर्दै आएका छन्। यो वर्ष आफूले ७ कठ्ठामा लगाएको तरुल २ लाख २० हजार रुपैयाँमा बिक्री गरिसकेको बागमती नगरपालिका–१० शंकरपुरका किसान रामआशिष महतोले