फेसबुक, इन्स्टाग्राम ‘आउटेज’ हुँदा जुकरबर्गले गुमाए २.७९ बिलियन डलर

अमेरिका । मेटा कम्पनी मुख्य प्लेटफर्महरू फेसबुक, इन्स्टाग्रामलगायत ‘आउटेज’ (सेवा अवरुद्ध) हुँदा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले झण्डै ३ अर्ब डलर गुमाएका छन् ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार फेसबुक, इन्स्टाग्राम र थ्रेड ‘आउटेज’ हुँदा जुकरबर्गलाई २.७९ बिलियन डलर घाटा भएको हो । गत मंगलवार राति ८ बजेदेखि करीब १ घन्टा फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको सेवा अवरुद्ध भएको थियो ।  ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार यसबाट जुकरबर्गको कुल सम्पत्ति घटेर १७६ बिलियन डलरमा झरेको छ । तर, उनी विश्वको सर्वाधिक धनी व्यक्तिको स्थानमा चौथोमा यथावत् नै छन् । ‘आउटेज’को कारण मेटाको शेयर १.६ प्रतिशतले घटेको छ, जसले गर्दा जुकरबर्गको नेटवर्थमा गिरावट आएको हो । एजेन्सी

सम्बन्धित सामग्री

फिल्म ‘बार्बी’को क्रेज : संसारभर बार्बी लुगा र खेलौना किन्ने बढे

काठमाडौं । म्याथ्यु किथले भत्ताबापतको पैसाले पहिलोपटक सन् १९७० मा बार्बी खेलौना किने । तर यो खेलौनामा पर्याप्त ‘मर्दाङ्गी’को स्वरुप नभएपछि उनले यसलाई बाबुआमाबाट लुकाउनुपर्‍यो । आज उनको लस एन्जलसस्थित घरमा २२ फिटको बुकसेल्फ बार्बीको संग्रहले भरिएको छ । जसको मूल्य लगभग २० हजार डलर हुन आउँछ । उनले चलाउने इन्स्टाग्राम अकाउन्ट ‘डल्स अन द […]

फेसबुकमाथि ३५ अर्ब जरिवाना, करोडौं प्रयोगकर्ताका डाटा ह्याकिङ फोरममा

काठमाडौं । युरोपेली मुलक आयरल्याण्डले फेसबुकको मातृ कम्पनी मेटामाथि भारी रकम जरिवाना गरेको छ । करोडौं फेसबुक प्रयोगकर्ताका डाटाहरु अनलाइनमा प्रकाशित भएको कारण देखाउँदै आयरल्याण्डको डाटा सुरक्षण आयोगले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटामाथि २६ करोड ५० लाख डलर जरिवाना गर्ने निर्णय गरेको हो । आयोगका अनुसार ५३ करोड ३० लाख भन्दा धेरै फेसबुक […]

फेसबुमा डलर तिरेर चुनावी प्रचार, ३० दिनमा ९५ लाख बाहिरियो

काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ। उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन्।मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ। त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन्। जुन स्वाभाविक एवं आवश्यकता नै भइसक्यो। तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौँ गाँठा भेटिन्छन्।&nbs

चुनाव प्रचारमा उम्मेदवारले फेसबुकलाई तिरे ६७ हजार डलर, को छन् अघि ?

२७ कात्तिक, काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत […]

किमलाई एक मिलियन डलर जरिवाना

हलिउड अभिनेत्री किम कार्डसियनले क्रिप्टोकरेन्सीको प्रचार गरेको मामलामा एक मिलियन डलर जरिवाना तिनुपर्ने भएको छ। उनले हालै आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इथेरियमम्याक्स क्रिप्टोकरेन्सी साइटको लिंक सेयर गर्दै क्रिप्टोकरेन्सी खरिद गर्ने सल्लाह दिएकी थिइन्। ‘मेरा साथीहरूले इथेरियमम्याक्स टोकनबारे जे बताए, त्यही मैले सेयर गरेकी हुँ’ उनको भनाइ छ।क्रिप्टोकरेन्सीको प्रचार गरेपछि युएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले उनले कानुनको […]

फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा, अर्बपतिको सूचीबाट दुई स्थान तल झरे

केही घण्टाका लागि फेसबुकको सर्भर डाउन भएसँगै सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्ग खर्बौको नोक्सानी पुगेको छ । सोमबार राति फेसबुक डाउन भएका कारण जुकरबर्गले ६ बिलियन डलर अर्थात ७ खर्ब नेपाली रुपैयाँ गुमाएका छन् । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान तल झरेका छन् । फेसबुकका साथसाथै इन्स्टाग्राम‚ ह्वाट्सएपलगाएतका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारसेवा केही […]

फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डुब्यो, अर्बपतीको सूचीबाट ओर्लिए

फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर (७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन,At&t र टी मोबाइलको सेवा घ