अधिक खुम्चियो भारतको जीडीपी

एजेन्सी। चार दशकमा यो वर्ष भारतको अर्थव्यवस्था सबैभन्दा खराब अवस्थामा पुगेको छ। त्यहाँको जीडीपी विकासदर २०२०/२१ मा -७.३ प्रतिशत रह्यो। २०१९/२० मा यो दर ४ प्रतिशत थियो। अर्थतन्त्रले विस्तारै रिकभर गर्ने अपेक्षा गरिएको थियो। कोरोना भाइरसको महामारीका कारण पहिलो त्रैमासिकमा जीडीपी विकासदर –२३.९ प्रतिशत थियो। १९८०/८१ पछि भारतीय अर्थव्यवस्थामा आएको यो अधिक गिरावट हो।

सम्बन्धित सामग्री

सन् २०२३ मा चीनको जीडीपी ५.४ प्रतिशतले बढ्ने आईएमएफको अनुमान

बेइजिङ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मङ्गलबार चीनको वास्तविक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२३ मा पाँच दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । आईएमएफका प्रथम उपप्रबन्ध निर्देशक गीता गोपीनाथले चीनको भ्रमण गरेपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चिनियाँ अर्थतन्त्र सरकारको सन् २०२३ को विकास लक्ष्य पूरा गर्ने मार्गमा छ, यसले कोभिडपछिको सुदृढ […]

जीडीपी उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको पकड दुई तिहाईभन्दा बढी रहेको पाइएको छ । एक अध्ययन अनुसार नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको  छ । नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले …

युद्ध प्रभाव : युक्रेनको जीडीपी २९.२ प्रतिशतले घट्यो

युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२२ मा २९.२ प्रतिशतले संकुचित भएको छ।सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले देशको अर्थ मन्त्रालयले गरेको अनुमानलाई उद्धृत गर्दै मंगलबार सो बारे उल्लेख गरेको छ। आर्थिक गिरावटले उदासीन घरायसी उपभोग, लगानी गतिविधिमा गिरावट र रूस-युक्रेन द्वन्द्वको कारण निर्यात र आयात सञ्चालनमा नकारात्मक दबाबलाई प्रतिबिम्बित गरेको मन्त्रालयले जनाएको छ।गत वर्ष युक्रेनको जीडीपी चौथो सत्रमा अपेक्षा गरेभन्दा राम्रो गतिशीलताका कारण ३०.४ प्रतिशतको प्रारम्भिक अनुमान

आगामी ५ वर्षभित्र जीडीपी १०० खर्ब रुपैयाँ पुर्‍याउने

काठमाडौं– नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।  उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँ पुर्‍याउने दाबी गरिएको छ ।  अहिले करिब ४८ खर्ब जीडीपी रहेको भन्दै यसलाई वृद्धि गरेर […]

नेपालको जीडीपी ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौं, २३ चैत । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । मंगलबार एसियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ मा कोभिड १९ विरुद्धको खोपमा पहुँच बढेकाले अर्थतन्त्र सामान्यतर्फ फर्किएको बैंकले जनाएको छ । विकसित देशहरुमा अर्थतन्त्र सुस्त भएका कारण पर्यटन क्षेत्र सुधारमा […]

अधिक खुम्चियो भारतको जीडीपी

एजेन्सी। चार दशकमा यो वर्ष भारतको अर्थव्यवस्था सबैभन्दा खराब अवस्थामा पुगेको छ। त्यहाँको जीडीपी विकासदर २०२०/२१ मा -७.३ प्रतिशत रह्यो। २०१९/२० मा यो दर ४ प्रतिशत थियो। अर्थतन्त्रले विस्तारै रिकभर गर्ने अपेक्षा गरिएको थियो। कोरोना भाइरसको महामारीका कारण पहिलो त्रैमासिकमा जीडीपी विकासदर –२३.९ प्रतिशत थियो। १९८०/८१ पछि भारतीय अर्थव्यवस्थामा आएको यो अधिक गिरावट हो।

चालू वर्षमा नेपालको अनुमानित जीडीपी कति?

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको अनुमानित कूल ग्राहस्त उत्पादन (जीडीपी) ४२ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ अनुमान गरिएको छ। आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्रालयले चालू आर्थिक वर्षको अनुमानित जीडीपी बताएको हो। जीडीपीमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको ३७.७ र कर्णालीको सबैभन्दा कम ४ प्रतिशत रहने अनुमान गरिएको छ।

एडीबी भन्छ-नेपालको जीडीपी ३.५ प्रतिशत

काठमाडौं। एसियाली विकास बैंक(एडीबी)ले नेपालको कूल गार्हस्थ्य उत्पादन(जीडीपी) ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। यो गतवर्षको तुलनामा १.९ प्रतिशतले संकुचन भएको हो। बैंकद्वारा आज जारी 'एसियाली विकास परिदृश्य'अनुसार, कोरोनाका कारण पूर्वअनुमानित आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ। कृषि उत्पादकत्व २.४ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवाक्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ।

जीडीपी सय अर्ब डलर पुर्‍याउने महासंघको लक्ष्य

नेपाल समाचारपत्र, काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघले आगामी १० वर्षभित्र देशको कुल गार्हस्थ्य उत्पादन जीडीपी सय अर्ब डलर पुर्‍याउने लक्ष्यका साथ कार्ययोजना अगाडि बढाएको छ । महासंघको नयाँ नेतृत्व आएको सय दिनका अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले सो जानकारी दिनुभएको हो । अध्यक्ष गोल्छाका अनुसार महासंघले भिजन पेपर तयार गरिरहेको […]