अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताउनुभएको छ ।
गएको नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै बाइडेनले सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिनुभयो ।
गएको फेब्रुअरीमा वाशिङ्टनले संयुक्त राज्य अमेरिकी आकाशमा उडिरहेको कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेर खसाल्ने निर्णय गरेप...