नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको विधान मस्यौदा तयार गर्नका लागि तीन सदस्यीय समिति बनेको छ ।
उक्त पार्टीको संसदीय दलको आइतवार बसेको पहिलो बैठकले दलको विधान मस्यौदा बनाउनका लागि सांसदहरू शेरबहादुर कुँवर, लक्ष्मी चौधरी, ठगेन्द्र पुरी र निरादेवी जैरू सदस्य रहेको समिति बनाएको हो ।
उक्त बैठकले प्रतिनिधि सभाको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधव नेपाललाई सर्वसम्मतिले चयन गरेको छ ।
त्यसैगरी राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् ।