अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ। १० दिनभित्रमा प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १/१ जना सदस्य राख्ने सहमति पनि भएको छ।