जेठ २ मा फर्किन ओलीको पूर्वशर्त, देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेअघिको अवस्थामा फर्किन आफू तयार रहेको बताएपनि एउटा पूर्वशर्त अघि सारेका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा माधव नेपाल पक्षबाट भएको हस्ताक्षरका साथै अदालतमा रिट निवेदनमा परेका हस्ताक्षर पनि फिर्ता हुनुपर्नेमा जोड दिएका छन् । पार्टी एकताका लागि ओलीको ६ बुँदे प्रस्तावको बुँदा नम्बर ४ मा भनिएको छ–आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाइ विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरि...

सम्बन्धित सामग्री

जेठ २ बिरालो बाँधेजस्तो होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको बताएका छन्।

ओलीको उद्घाेष : एमाले जेठ २ मा जस्ताको तस्तै फर्किँदैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७५ जेठ २ मा एमाले जस्ताको तस्तै फर्किन नसक्ने प्रष्ट पारेका छन्। कास्कीका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘१० बुँदे भन्ने छ अहिले। १० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन। जेठ २ भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको ०७५ साल कहाँबाट फर्किन्छ? जस्ताको तस्तै त फर्किँनै सकिँदैन।’ माधव नेपाल समुहका तेस्रो धारका नेताहरूसँग गरिएको १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको उनको भनाइ छ।&nbs

एमालेका सबै पदाधिकारीलाई जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन

नेकपा एमालेको स्थायी कमिटीले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएको छ । पार्टीका सबै पदाधिकारीलाई काममा फर्किन निर्देशन दिने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने,’ प्रवक्ता ज्ञवाली भने, ‘१० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ ।’ मंगलवारको बैठकमा एकताको पक्षमा रहेका १० जना स्थायी कम...

जेठ २ मा फर्किन सहमत भए ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकताबद्ध एमालेका निम्ति २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् ।

एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार […]

जेठ २ मा फर्किन ओली तयार, गृहकार्यका लागि कार्यदल बन्ने

बिहिबार भएको छलफलमा ओली ७५, जेठ २ मा फर्कन तयार भएको र आफूले राखेको प्रस्तावमा सकारात्मक देखिएको वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट नेताहरूलाई ब्रिफिङ गरेका छन्।

वामदेव गौतमले प्रधानमन्त्रीलाई भने, म तपाईंको साथमा छैन

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्रीको साथमा नरहेको बताएका छन्। आज सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन्। गौतमले प्रधानमन्त्रीसँग २ जेठ,२०७५ को अवस्थामा फर्किन आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले जेठ २ भन्दा धेरै अगाडि बढेको र फर्किने अवस्था नरहेको बताएका थिए। त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेर जवाफ दिए।

माधव नेपाल समूह भोलि बिहान ९ बजेसम्म कुर्ने

नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जेठ २ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ।

नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै, सांसदहरूको राजीनामाबारे छलफल गर्ने

काठमाडौँ । सांसदहरूले राजीनामा दिने नदिनेबारे निर्णय गर्न नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ जेठ २ मा फर्किन नमाने सांसदहरूले राजीनामा दिने वा के गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक कति बजे बस्ने भनेर […]

संसदीय दलको बैठकमा ओली– विधिसम्मत गरेका निर्णयबाट पछाडि फर्किन असम्भव

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णयबाट पछि फर्किन नसकिने बताएका छन् । फागुन २८ तथा चैत ७ गते बसेको केन्द्रीय कमिटी तथा संसदीय दलका विधिसम्मत बसेका बैठकको निर्णय फिर्ता नहुने उनले स्पष्ट गरे ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता समेत रहेका ओलीले यसअघि भएका निर्णय फिर्ता नहुने स्पष्ट पारेका हुन् ।  बैठकको शुरूमै सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको वि...