प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णयबाट पछि फर्किन नसकिने बताएका छन् । फागुन २८ तथा चैत ७ गते बसेको केन्द्रीय कमिटी तथा संसदीय दलका विधिसम्मत बसेका बैठकको निर्णय फिर्ता नहुने उनले स्पष्ट गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता समेत रहेका ओलीले यसअघि भएका निर्णय फिर्ता नहुने स्पष्ट पारेका हुन् ।
बैठकको शुरूमै सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको वि...