वामदेव गौतमले प्रधानमन्त्रीलाई भने, म तपाईंको साथमा छैन

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्रीको साथमा नरहेको बताएका छन्। आज सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन्। गौतमले प्रधानमन्त्रीसँग २ जेठ,२०७५ को अवस्थामा फर्किन आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले जेठ २ भन्दा धेरै अगाडि बढेको र फर्किने अवस्था नरहेको बताएका थिए। त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेर जवाफ दिए।