काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७५ जेठ २ मा एमाले जस्ताको तस्तै फर्किन नसक्ने प्रष्ट पारेका छन्। कास्कीका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘१० बुँदे भन्ने छ अहिले। १० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन। जेठ २ भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको ०७५ साल कहाँबाट फर्किन्छ? जस्ताको तस्तै त फर्किँनै सकिँदैन।’ माधव नेपाल समुहका तेस्रो धारका नेताहरूसँग गरिएको १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको उनको भनाइ छ।&nbs