एमालेका सबै पदाधिकारीलाई जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन

नेकपा एमालेको स्थायी कमिटीले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएको छ । पार्टीका सबै पदाधिकारीलाई काममा फर्किन निर्देशन दिने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने,’ प्रवक्ता ज्ञवाली भने, ‘१० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ ।’ मंगलवारको बैठकमा एकताको पक्षमा रहेका १० जना स्थायी कम...

सम्बन्धित सामग्री

जेठ २ बिरालो बाँधेजस्तो होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको बताएका छन्।

कर्णालीमा एमाले जेठ २ मा फर्कियो

कर्णालीमा नेकपा एमाले पुरानै संरचना अर्थात ०७५ जेठ २ को अवस्थामा फर्किएको छ। त्यसका लागि सोमबार एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश इञ्चार्ज युवराज ज्ञवालीको अध्यक्षतामा सुर्खेत पार्टी कार्यालयमा बैठक बसेको थियो । बैठकमा सहभागी एमाले नेता गुलाबजङ्ग शाहले नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनु पहिलाको  जेठ २ गतेकै अबस्थामा फकाउने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । उनले भने,‘ आजको बैठकमा हामीले कर्णालीमा एमालेलाई एकताबद्ध बनाउने र पुरानै संरचनालाई ब्युँत्याई जनतामाझ जा

एमालेका सबै पार्टी कमिटी जेठ २ कै अवस्थामा फर्काउने विषयमा छलफल

नेकपा एमालेको संस्थापन पक्ष र तेस्रो धारका नेताहरुबीच पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर सहमति खोज्ने बारेमा छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्माओली र तेस्रो धारका नेताहरु भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच सोमबार भएको छलफलमा उक्त सहमति भएको नेता योगेश भट्टराईले जानकारी दिए ।नेता भट्टराईका अनुसार १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि नेकपा एमालेको २०७५ जेठ २ को अवस्थाका सबै पार्टी कमिटीलाई क्रियाशील बनाउन अध्यक्ष केपी शर्माओली र महासच

एमाले फर्कियो जेठ २ मा

एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको छ। यसकै सन्देश दिन सोमबार सुरु केन्द्रीय कमिटी बैठकलाई १० औं बैठक भनिएको छ। नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नौवटा बैठक माओवादी केन्द्रसँगको एकताअघि २०७५ जेठ ३ सम्ममा बसेका थिए। तर, नेकपा एकता बदर भई गत फागुन २३ गते साविक पार्टीहरू ब्युँतिएपछि बसेका एमालेका चार बैठकलाई विशेष बैठकमा परिणत गरिएको छ। प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमै यो बैठकलाई १० औं भनिएको बताए। प्रवक्ता ज्ञवालीका अनुसार २०७५ जेठ २ गतेपछिको निरन्तर सिलसिला...

ओलीले भने– शंकाको लाभ लिएर जेठ २ मा फर्कियौं

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शंकाको लाभ लिएर पार्टीलाई जेठ २ मा फर्काएको दाबी गरेका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले आफूहरुको हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिइएको बताए । आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपति कहाँ जानु लाजमर्दो भएको उनले बताए […]

‘जेठ २ मा फर्किए पनि मूल्यको राजनीति त्यागिँदैन’

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै अवस्थामा पनि मूल्यको राजनीति नत्यागिने बताएका छन्। विपक्षी गठबन्धनले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किए पनि मूल्यको राजनीतिबाट पछि नहट्ने बताएका हुन्। कार्यक्रमका सहभागीले एमाले जेठ २ मा फर्किँदा नेता नेपालको कदमबारे प्रश्न उठाएपछि उनले भने, 'यहाँ जेठ २ को कुरा आएको छ, जे-जे भएपनि मूल्यको राजनीति त्यागिँदैन म यत्ति भन्न चाहन्छु।’राष्ट्र, जनता र समाज

२०७५ जेठ २ मा कायम रहेको स्थायी समितिको बैठक बोलाउन वामदेवको प्रस्ताव

नेकपा एमालेका उपाध्यक्ष वामदव गौतमले पार्टी एकता कायम राख्न २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटी बोलाएर छलफल गर्न प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले जेठ २ मा फर्कन तयार रहेको विज्ञप्ति जारी गरेलगत्तै गौतमको संयोजकत्वमा रहेको एकता अभियान समितिका सदस्यको बैठक बसी सो प्रस्ताव गरेको हो । अभियानको उक्त बैठकपछि गौतमले मंगलबार …

जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्ने ओलीको सर्त

काठमान्डाैं / नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको नेपाल समूहका एक नेताले... The post जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्ने ओलीको सर्त appeared first on Purbeli News.

जेठ २ मा फर्किएर समस्या समाधान गर्ने सहमति भयो– गोकर्ण विष्ट

नेकपा एमालेका प्रभावशाली युवा नेता गोकर्ण विष्टले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर पार्टीको समस्या समाधान गर्नेबारे सहमतिमा पुगिएको बताएका छन् । सिंहदरबारमा शुक्रवार भएको छलफलमा सहभागि नेता विष्टले जेठ २ मा फर्किने सहमति भएको बताएका हुन् ।  ‘जेठ २ मा फर्किएर पार्टीको समस्या समाधान गर्ने सहमति भएको छ, त्यसको लागि कार्यदल बनाएर मोडालिटी बनाउने सहमति भएको छ’ विष्टले लोकान्तरसँग भने । माधव नेपाल पक्षले जेठ २ गतेमा फर्किने विषयलाई बटमलाइन बनाउँदै आएको छ ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ ...

एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार […]