आप्रवासी श्रमिक एक हौँ, आफ्नो समस्या आफैं उठाऔँ

अहिले वैदेशिक रोजगारी घरघरको आम्दानीको स्रोत हो । जो वैदेशिक रोजगारका लागि जानुभएको छ उहाँ र उहाँहरुकोे घर परिवारको हक अधिकारका लागि धनुषामा आप्रवासी कामदार हकसहित संरक्षण केन्द्र छ । वैदेशिक रोजगारीमा जानेहरूका विभिन्न समस्याहरू छन् । कोही देशमै समस्यामा पर्छन् त कोही विदेशमा पुगेपछि । तर त्यो समस्या सुनिदिने निकै कम छन् । विदेशमा गएपछि यो हुन्छ त्यो हुन्छ भन्दै ठुलो ठुलो सपना देखाइदिन्छन् तर उता विदेशमा पुगेपछि त्यो हुँदैन । भनेको काम हुँदैन, तलब र सेवा सुविधा पनि प्राप्त गर्न मुस्किल पर्छ । कतिलाई विदेशको सपना दे...

सम्बन्धित सामग्री

सीपसहित वैदेशिक रोजगारीमा

कतारमा विश्वका ३० भन्दा बढी मुलुकका आप्रवासी श्रमिक छन् । कतारको आप्रवासी श्रमिक स्रोत मुलुकमध्ये नेपाल दोस्रो स्थानमा छ । भारत पहिलो स्थानमा छ । दोहास्थित नेपाली दूतावासको आँकडाअनुसार कतारमा करिब तीन लाख...

साउदीको अमेजन कम्पनीमा नेपालीसहित आप्रवासी श्रमिक शोषणमा

श्रमिकलाई क्षतिपूर्ति भुक्तानी गरी काम गर्ने वातावरण बनाउन कम्पनीलाई एमनेस्टीको सुझाव  साउदी अरबमा रहेको अमेजन कम्पनीका गोदाममा काम गर्ने आप्रवासी श्रमिक चरम शोषणमा परेका छन् । एमनेस्टी इन्टरनेसनले गरेको एक अध्ययनले अमेजनका...

मलेसियामा आप्रवासी श्रमिक महिनौँदेखि अलपत्र

दोहा – रोजगारीका लागि मलेसिया पुगेका सयौँ दक्षिण एसियाली आप्रवासी कामदारहरू काम नपाएर महिनौँदेखि अलपत्र परीरहेका छन् । रोजगार एजेन्टहरुले हजारौँ डलर रोजगार भर्ना शुल्क लिए पनि प्रतिबद्धताअनुरूप काम लगाउन नसकेपछि ती कामदारहरू अलपत्र परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । लामो समयदेखि कामविना अलपत्र परेका आप्रवासीहरू रोजगारी पाउने आशमा राजधानी क्वालालम्पुरबाट ४० […]

खाेटाङमा वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै मनाइयो आप्रवासी श्रमिक दिवस

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाएको छ ।  डिसेम्बर १८ मा आप्रवासीको सरोकारको विषयलाई लिएर मनाइने यो दिवस श्रमिकहरुकै परिवारसँग छलफल गरेर दुई दिनसम्म मनाइएको हो । नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रम अन्तर्गत रेमिट्यान्स सदुपयोग र व्यवस्थापन कक्षामा सहभागी आप्रवसीका परिवारहरुसँग दिवस मनाइएको हो । कार्यक्रममा सहभागीहरुले घरमा एक्लै हुँदा भोग्नु परेका समस्य चुनौतीहरु साथै अनुभवहरु सुनाएका थिए । उन...

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस आज

काठमाडौं : आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ मुल समारोह समितिले डिसेम्बर १६ अर्थात् गत बिहीबारदेखि २२ तारिखसम्म सप्ताहव्यापी गर्दैछ।  यस वर्ष नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नारा तय गरिएको छ।दिवस मुल समारोह समितिका संयोजक तथा श्रम, रोजगार त

आजदेखि सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सुरु

काठमाण्डौ – अन्तर्राष्ट्रिय आप्रवासी  श्रमिक दिवस सप्ताह आजदेखि सुरु भएको छ । ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित दिवस आज अर्थात् १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरी दिवस सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  दिवसकै अवसरमा आजै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सप्ताहव्यापी कार्यक्रमको उद्घाटन तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनएकीकरण सम्बन्ध...

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने

काठमाण्डौ – सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ । 'वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान' भन्ने मूल नारासहित दिवस १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरूमाथि हुन सक्ने विभेदलाई ध्यानमा राखि संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारकाे सदस्यको अधिकार संरक्षणसम्बन्धी...

ओमानले दुई सयभन्दा बढी प्रकारका काममा आप्रवासी श्रमिक भर्ती नगर्ने

ओमानले अब दुई सय भन्दा बढी कामको लागि आप्रवासी श्रमिक भर्ती नगर्ने भएको छ । आफ्नो देशभित्र रोजगारीको क्षेत्रलाई ओमानीकरण गर्ने नयाँ रणनीतिसँगै यस्तो निर्णय गरेको हो ।  ओमानका श्रम मन्त्रीले निर्णय नम्बर २३५/२०२२ जारी गर्दै केही निश्चित व्यवसायमा आफ्ना नागरिक भर्ती गर्ने योजनाअनुरुप यो नियम चालेको गल्फ न्युजले जनाएको छ । यो निर्णयको सुरुमै आप्रवासी श्रमिकलाई २०७ प्रकारका काम गर्न प्रतिबन्ध लगाइने तर करार अवधि नसकिएसम्म आफूले गरिरहेको काम भने गर्न मिल्ने उल्लेख छ । अब ओमानले सुरक्षा गार्ड, अपरेटर, ग्रोसरी, कार बस ड्राइभर...

आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि श्रमिकको हक, हित र अधिकारका बारेमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । तथ्याङ्कअनुसार हरेक वर्ष ५ लाख नेपाली श्रम बजारमा प्रवेश गर्छन् । नेपाल श्रम शक्ति सर्वेक्षण २०७५ अनुसार काम गर्ने उमेर पुगेका २ करोड ७ लाख जनसङ्ख्यामध्ये ७० लाख ८७ हजारले मात्र नेपालमा आंशिक वा पूर्ण रोजगारी पाएका छन् । अहिले पनि लाखौँ नेपाली कामको लागि विदेशिन बाध्य छन् । आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्म साढे ५६ लाख नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । श्रम ...