खाेटाङमा वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै मनाइयो आप्रवासी श्रमिक दिवस

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाएको छ ।  डिसेम्बर १८ मा आप्रवासीको सरोकारको विषयलाई लिएर मनाइने यो दिवस श्रमिकहरुकै परिवारसँग छलफल गरेर दुई दिनसम्म मनाइएको हो । नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रम अन्तर्गत रेमिट्यान्स सदुपयोग र व्यवस्थापन कक्षामा सहभागी आप्रवसीका परिवारहरुसँग दिवस मनाइएको हो । कार्यक्रममा सहभागीहरुले घरमा एक्लै हुँदा भोग्नु परेका समस्य चुनौतीहरु साथै अनुभवहरु सुनाएका थिए । उन...