मलेसियामा आप्रवासी श्रमिक महिनौँदेखि अलपत्र

दोहा – रोजगारीका लागि मलेसिया पुगेका सयौँ दक्षिण एसियाली आप्रवासी कामदारहरू काम नपाएर महिनौँदेखि अलपत्र परीरहेका छन् । रोजगार एजेन्टहरुले हजारौँ डलर रोजगार भर्ना शुल्क लिए पनि प्रतिबद्धताअनुरूप काम लगाउन नसकेपछि ती कामदारहरू अलपत्र परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । लामो समयदेखि कामविना अलपत्र परेका आप्रवासीहरू रोजगारी पाउने आशमा राजधानी क्वालालम्पुरबाट ४० […]

सम्बन्धित सामग्री

श्रमिक सुरक्षा (सम्पादकीय )

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्व नै प्रभावित भएपछि आप्रवासी श्रमिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत कामदार प्रत्यक्ष मारमा छन् । धेरैले रोजगारी गुमाएका छन्, त्योभन्दा धैरैको रोजगारी खुम्चिएको छ । कतिपय विदेशी भूमिमा अलपत्र छन् । समस्यासँगै समाधानका प्रयास पनि गरिएको छ । सङ्क्रमणको अवस्थामा कमी आएपछि विभिन्न मुलुकले श्रमिक तथा रोजगारीकेन्द्रित नयाँ कार्यक्रम ल्याएका छन् । नेपालले विदेशमा अलपत्र श्रमिकको उद्धार गरी नेपाल फर्केकाहरूलाई कृषि तथा औद्यागिक, प्रधानमन्त्री रोजगार कार्यक्रम, स्थानीय तहले लगाउने कामजस्ता रोजगारीमा आबद्ध गर्दै बेरोजगारी समस्याको न्यूनीकरणका प्रयास गरेको छ । श्रमिक सञ्चित कोषबाट श्रमिकलाई राहत उपलब्ध गराएको छ तर समस्याको गहिराइ र फैलावटका कारण यस्ता पहलको अझ धेरै आवश्यकता छ ।