ओमानले अब दुई सय भन्दा बढी कामको लागि आप्रवासी श्रमिक भर्ती नगर्ने भएको छ । आफ्नो देशभित्र रोजगारीको क्षेत्रलाई ओमानीकरण गर्ने नयाँ रणनीतिसँगै यस्तो निर्णय गरेको हो ।
ओमानका श्रम मन्त्रीले निर्णय नम्बर २३५/२०२२ जारी गर्दै केही निश्चित व्यवसायमा आफ्ना नागरिक भर्ती गर्ने योजनाअनुरुप यो नियम चालेको गल्फ न्युजले जनाएको छ । यो निर्णयको सुरुमै आप्रवासी श्रमिकलाई २०७ प्रकारका काम गर्न प्रतिबन्ध लगाइने तर करार अवधि नसकिएसम्म आफूले गरिरहेको काम भने गर्न मिल्ने उल्लेख छ । अब ओमानले सुरक्षा गार्ड, अपरेटर, ग्रोसरी, कार बस ड्राइभर...