काठमाण्डौ – अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताह आजदेखि सुरु भएको छ ।
‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित दिवस आज अर्थात् १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरी दिवस सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
दिवसकै अवसरमा आजै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सप्ताहव्यापी कार्यक्रमको उद्घाटन तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनएकीकरण सम्बन्ध...