आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि श्रमिकको हक, हित र अधिकारका बारेमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । तथ्याङ्कअनुसार हरेक वर्ष ५ लाख नेपाली श्रम बजारमा प्रवेश गर्छन् । नेपाल श्रम शक्ति सर्वेक्षण २०७५ अनुसार काम गर्ने उमेर पुगेका २ करोड ७ लाख जनसङ्ख्यामध्ये ७० लाख ८७ हजारले मात्र नेपालमा आंशिक वा पूर्ण रोजगारी पाएका छन् । अहिले पनि लाखौँ नेपाली कामको लागि विदेशिन बाध्य छन् । आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्म साढे ५६ लाख नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । श्रम ...

सम्बन्धित सामग्री

कतार विश्वकप २०२२ : अर्जेन्टिनाको खुसी र श्रमिकको आँसु

काठमाण्डौ – कतारको दोहामा जुन दिन विश्वकप फुटबलको अन्तिम सिट्ठी बज्दै थियो, त्यही दिन (१८ डिसेम्बर) संसारभर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै थियो । तर, विश्वकप जितहारको उन्मादमा त्यो रङ्गशाला बनाउँदा मरेका, अङ्गभङ्ग भएका र शोकले तप्त नेपाली श्रमिकको परिवारलाई कसैले सम्झेनन् । अर्जेन्टिनाका आँखामा खुसीको आँसु उम्लिदा दोहाका रङ्गशाला निर्माण गर्दा रगत र पसिना बगाएका नेपाली श्रमिक परिवारका आँखामा भने नुनिलो आँसुको भल बग्दै थियो ।  फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जित्यो । लुसेल...

चर्चामा आप्रवासी दिवस : वर्षेनी एक हजार नेपालीको विदेशी भूमिमा मृत्यु

काठमाडौं : आइतबार देशभर विभिन्न कार्यक्रम गरी अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइरहेको छ। प्रत्येक वर्ष १८ डिसेम्बरमा मनाइँदै आएको आप्रवासी दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान :उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ मूल नारासमेत तयार गरिएको छ। जसमा आप्रवासी श्रमिकका हक, हित र संरक्षण समानताका विषयलाई मुख्य रुपमा उठाएको छ। सरकारी तथा गैरसरकारी संघ संस्थाले सो दिवस मनाइरहेका छन्। श्रमिकको समस्या समाधान गर्ने

खाेटाङमा वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै मनाइयो आप्रवासी श्रमिक दिवस

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाएको छ ।  डिसेम्बर १८ मा आप्रवासीको सरोकारको विषयलाई लिएर मनाइने यो दिवस श्रमिकहरुकै परिवारसँग छलफल गरेर दुई दिनसम्म मनाइएको हो । नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रम अन्तर्गत रेमिट्यान्स सदुपयोग र व्यवस्थापन कक्षामा सहभागी आप्रवसीका परिवारहरुसँग दिवस मनाइएको हो । कार्यक्रममा सहभागीहरुले घरमा एक्लै हुँदा भोग्नु परेका समस्य चुनौतीहरु साथै अनुभवहरु सुनाएका थिए । उन...

विश्व श्रम बजारमा नेपाली श्रमिकको अवस्था कस्तो छ ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र मन्त्रालयका सचिव एकनारायण अर्यालले सार्वजनिक गरेको उक्त प्रतिवेदन छैठौं संस्करण हो । तीन वर्षको अन्तरालमा प्रतिवेदन सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका उपसचिव कविराज उप्रेतीले सन् २०२०

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस आज

काठमाडौं : आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ मुल समारोह समितिले डिसेम्बर १६ अर्थात् गत बिहीबारदेखि २२ तारिखसम्म सप्ताहव्यापी गर्दैछ।  यस वर्ष नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नारा तय गरिएको छ।दिवस मुल समारोह समितिका संयोजक तथा श्रम, रोजगार त

आजदेखि सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सुरु

काठमाण्डौ – अन्तर्राष्ट्रिय आप्रवासी  श्रमिक दिवस सप्ताह आजदेखि सुरु भएको छ । ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित दिवस आज अर्थात् १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरी दिवस सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  दिवसकै अवसरमा आजै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सप्ताहव्यापी कार्यक्रमको उद्घाटन तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनएकीकरण सम्बन्ध...

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने

काठमाडौं । सरकारले यस वर्ष पनि अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने भएको छ । डिसेम्बर १८ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यस वर्ष पनि सप्ताहव्यापी रूपमा मनाउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । दिवसका लागि यस वर्षको नारा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी […]

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने

काठमाण्डौ – सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ । 'वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान' भन्ने मूल नारासहित दिवस १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरूमाथि हुन सक्ने विभेदलाई ध्यानमा राखि संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारकाे सदस्यको अधिकार संरक्षणसम्बन्धी...