ओलीपक्षीय सांसदलाई प्रचण्ड-नेपाल पक्षले ब्ल्याकमेलिङ गरेको भट्टको आरोप

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सभामा प्रचण्ड-नेपाल पक्षबाट सांसदहरूलाई धम्की दिन थालिएको आरोप लगाएका छन् । धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो पक्षमा धेरै सांसद देखाउन ब्ल्याकमेलिङ र धम्की दिन थालिएको बताएका हुन् । केही दिनअघि संसदीय दलको बैठकमा प्रचण्ड-नेपाल पक्षमा ३० जना सांसद उभिएको विषयलाई सङ्केत गर्दै नेता भट्टले ब्ल्याकमेलिङ गरेर ३० जना बनाएको बताए । ‘ब्ल्याकमेलिङ गरेर ३० जना बनाएकोलाई ३० जना भएको मान्दिन मैले,’ उनले भने, ‘त्यहाँ भित्र धम्की ग...

सम्बन्धित सामग्री

पुष्टि नहुने आरोप लाग्दैमा मन्त्री बनाउन  किन नहुनेः डा. भुसाल

काठमाडौं, असोज २५ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई नै मन्त्री बनाएको बताउँदै यसलाई विवादित भन्नु उचित नहुने दाबी गरेका छन् । विगतमा पुष्टि नहुने कुनै आरोप लाग्यो भन्दैमा जिम्मेवारी नदिने भन्ने नहुने उनको जिकिर छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि […]

एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउन समामुखले षड्यन्त्र गरे : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गरेकोमा सभामुखले विभिन्न जाल झेल गरेर कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् । बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले विगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका […]

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा एमालेको पत्र दर्ता

प्रमुख प्रतिपक्षी दल एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्राचार गरेको छ । पार्टीको निर्देशन र अनुशासन उलंघन गरेको आरोप लगाउँदै  नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने,...

सांसद अपहरणको आरोप लागेपछि बोले शंकर पोखरेल

सांसद अपहरणको आरोप लगाइएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले एमालेकै दुई सांसदलाई राजीनामा गराउने, ६ जनालाई निष्काशन गर्ने र एक जनालाई दल परिवर्तन गराउन सक्ने विपक्षीले सांसद अपहरणको गलत आरोप लगाएको भन्दै कटाक्ष गरेका छन् । ‘दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणको आरोप पनि लगाएछ’, उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्,...

देउवालाई मत दिएर गद्दारी गरेकाे भन्दै २२ सांसदलाई एमालेकाे स्पष्टीकरण

काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने २२ जना एमाले सांसदलाई स्पष्टीकरण साेध्ने भएकाे छ। साेमबार बसेकाे एमाले केन्द्रीय कमिटी बैठकले गद्दारी गरेको आरोपसहित फ्लोर क्रस गर्ने २२ जना सांसदलाई  २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे। बैठकले नेता माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई विश्वासको मत दिनेलाई गुटबन्दीको महारोगको नेतृत्व गरेको आरोप लगाउँदै […]

सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमाले सांसदलाई के हुन्छ ?

सुदूरपश्चिम प्रदेशमा एमालेका दुवै समूहका सांसदहरू एकले अर्कोलाई फ्लोर क्रसको आरोप लगाउन थालेका छन्। पार्टीको संस्थापन पक्षमा केपी ओली रहेकाले फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदलाई कारबाही हुने आँकलन गरिन थालिएको छ। अध्यक्ष ओलीले दलका नेता शाहलाई स्पष्टीकरण सोधिसकेका छन्।नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा पनि दल परिवर्तन गरेमा वा दलको सदस्यता नरहेमा सांसद पद नरहने व्यवस्था छ। नेपालको संविधानको धारा १८० (ङ) मा ‘जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानुनब

के आरोप लाग्यो त देउवालाई समर्थन गर्ने एमाले नेता र सांसदलाई?

काठमाडौं। नेकपा एमालेले ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। आज बसेको एमालेको स्थायी कमिटी बैठकले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन,आफ्नो सरकार गिराउन, पार्टीको प्रतिस्पर्धीको रुपमा रहेको विपक्षी दलको नेतालाई सरकारमा पुर्‍याउन गरेको गतिविधिका कारण स्पष्टीकरण सोधिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।उनले भने,"पार्टी अध्यक्ष एवं संसदीय दलको नेता र प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलसँग मिलेर सरकार बनाउन गतिविधि गरेकाले स्पष्टीकरण सोधिएको हो।"

नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण

काठमाडौं, बैशाख ८ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सांसदलाई पदबाट हटाउने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले नेपाल पक्षमा लागेर समानान्तर कमिटी गठन गरेको, पार्टी हितविपरीत काम गरेको तथा नयाँ दल गठनमा तल्लीन भएको आरोप लगाउँदै २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। उनले चित्तबुझ्दो जबाफ नआए सांसद […]