सांसद अपहरणको आरोप लगाइएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले एमालेकै दुई सांसदलाई राजीनामा गराउने, ६ जनालाई निष्काशन गर्ने र एक जनालाई दल परिवर्तन गराउन सक्ने विपक्षीले सांसद अपहरणको गलत आरोप लगाएको भन्दै कटाक्ष गरेका छन् ।
‘दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणको आरोप पनि लगाएछ’, उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्,...