सांसदलाई आफ्नो सरकारी निवासमा बन्धक बनाएको आरोप खेपेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो भन्ने प्रश्नको जवाफ इतिहासले खोज्ने बताएका छन् ।बिहीबार सामाजिक सञ्जालमा धारणा राख्दै उनले दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्काशन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ भन्दै आफूमाथिको आरोपलाई हलुका ढंगमा लिएका छन् ।उल्लेखनीय छ