१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित गुण्डागर्दी भएको बताएको छ । विश्वविद्यालयमा बैठक नै बस्ने अवस्था नभएपछि होटलमा गएर छलफल गर्दा समेत माइन्युट च्यातिएको भन्दै एमालेले प्रधानमन्त्रीमाथि नै प्रश्न गरेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विश्वविद्यालय गुण्डागर्दीले त्रसित भएको बताए […]