सरकारलाई एमालेको प्रश्न : शान्ति प्रक्रियामाथि इमोस्नल ब्ल्याकमेल किन ?

नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखापरेको दावी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ज्ञवालीले छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बन्दै गएको भनेर गलत सूचना दिएको दावी गरेका हुन् ।    ‘मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखा परेका छन् । नेपालको राष्ट्रिय हित के हो, नेपाल कहाँनेर उभिनुपर्ने हो ?’, ज्ञवालीको प्रश्न छ ।&nbs