साना दलले आफ्नै चुनाव चिह्नकै आधारमा प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न दिने भएको छ। आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको आयोगको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले […]

सम्बन्धित सामग्री

इप्पानका सदस्य ४५० पुगे, ‘संस्थाको आकारसँगै जिम्मेवारी पनि बढ्यो’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मा सदस्य संस्थाको संख्या ४५० नाघेको छ । ३ वर्षअघि २५० हाराहारी रहेको ऊर्जा उत्पादक सदस्य संस्थाको संख्या छोटो समयमै करीब २०० ले बढेको छ । इप्पानमा ऊर्जा उत्पादनसँग सम्बन्धित कम्पनीहरू मात्रै सदस्य हुने व्यवस्था छ । इप्पानमा प्रत्यक्षरूपमा ऊर्जा उत्पादन नगर्ने तर ऊर्जा विकासकै काममा लागेका १०० भन्दा धेरै एशोसिएट सदस्यसमेत छन् । उनीहरूलाई मतदान गर्ने अधिकार भने हुँदैन । पछिल्लो समय जलविद्युत् क्षेत्रलाई सरकारले प्राथमिकता दिएकाले निजी क्षेत्रबाट जलविद्युत विकासमा उत्साहजनक सहभागिता देखिएको छ । अध्यक्षमा कार्कीको पल्ला भारी  इप्पानको निर्वाचनमा अध्यक्षका उम्मेदवार गणेश कार्कीलाई पूर्वअध्यक्षहरू, प्रतिष्ठित व्यवसायीहरू, ऊर्जा विज्ञ र ऊर्जासँग जोडिएका अन्य व्यवसायीले पनि समर्थन गरेको उनी निकट उम्मेदवारहरूले बताएका छन् । कार्कीलाई वर्तमान कार्यसमितिका सबैजसो पदाधिकारीले पनि समर्थन गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी चुनावी मैदानमा छन् । ५ जना उपाध्यक्षहरूमा सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, ई. आनन्द चौधरी, उत्तमा भ्लोन लामा र हिमप्रसाद पाठकले कार्कीकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रने बताइसकेका छन् । महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाश दुलालले पनि कार्कीकै प्यानलबाट प्रतिस्पर्धा गर्दै छन् । यसैगरी ५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेललगायतले प्रतिस्पर्धा गर्दै छन् भने कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थले कार्कीको प्यानलबाटै प्रतिस्पर्धा गर्ने बताएका छन् ।  सदस्यहरूमा सिए उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, ई. मिथुन पौडेल, कुवेरमणी नेपाल, ई. कदम केसी, ई. दीपक पौडेल, टि.एन. आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुङ्गेल, ई. गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिश बहादुर पाललगायत प्रतिस्पर्धामा छन् । सदस्यका अधिकांश प्रतिस्पर्धीहरू कार्कीको प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्दै छन् । महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठलगायतले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । अध्यक्षका उम्मेदवार कार्कीले ४५० मध्ये ३०० भन्दा धेरै सदस्यले आफूलाई समर्थन गरिसकेकोले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।  अध्यक्ष बाहेकका अधिकांश पदमा सहमति हुने सम्भावना धेरै रहेको उपमहासचिवका प्रत्यासी प्रकाश दुलालले बताए । सबै पदमा सहमति भएर अध्यक्षको मात्रै चुनाव हुने अवस्था आएमा त्यो पनि सहमतिबाटै टुंगिने उनको अपेक्षा छ । जेठ २५ गतेसम्म नविकरण र नयाँ सदस्यताको लागि आवेदन दिएका ४५० कम्पनीका प्रतिनिधिहरू साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन् । निर्वाचन समितिले जेठ २७ गते मतदाता नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता चिरञ्जीवी खतिवडाले जानकारी दिए । २७ गतेदेखि नै इप्पानको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने समेत उनले बताए । मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यतालिकासमेत सार्वजनिक हुनेछ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गर्ने इप्पानको २१ औं वार्षिक साधारण सभा यही जेठ ३२ गते बौद्ध स्थित हायात होटलमा हुँदैछ ।

माओवादी बागमती दलको बैठक काठमाडौंमा बस्दै

नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको बैठक पुस १५ गते काठमाडौं बस्ने भएको छ । काठमाडौंको कुन स्थानमा बस्ने भन्ने विषयमा टुंगो लागि नसकेको सांसद सरल सहयात्री पौडेलले बताए । पुस १५ गतेको संसदीय दलको बैठकबाट नेता चयन हुने भएको छ । दलको नेतामा सांसद पौडेल र शालिकराम जमरकट्टेलले दाबी गरेका छन् । सर्वसम्मत रुपमा दलको नेता चयन नभएमा चुनावी प्रतिस्पर्धा गर्ने पौडेलले भन्दै आएका छन् । पौडेलले दलको नेता नछोड्ने भएपछि चुनाव हुने सम्भावना देखिएको छ । दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भ

रेखा थापाको प्रवेशले मोरङ ३ को प्रतिस्पर्धा रोचक

मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस र एमालेले पनि राप्रपा उम्मेदवार रेखा थापालाई ‘नोटिस’मा राख्न थालेका छन् । उनले चुनाव जित्ने वा नजित्ने अनुमान गर्न हतार हुन्छ, तर उनले पाउने मत चाहिँ हारजितमा निर्णायक हुन सक्ने मोरङका नेताहरु बताउँछन् ।

लोसपाका ८ उम्मेदवारको टुङ्गो लाग्यो, राजेन्द्र महतोले गठबन्धनको साथ नपाउने

काठमाण्डाै - सत्ता गठबन्धनमा सामेल भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधि सभामा सात सिट पाउने सहमति भएको छ । सर्लाही २ मा चाहिँ मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिपत्रमा उल्लेख छ ।  सर्लाही २ मा गठबन्धनबाट माओवादीको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष महिन्द्रराय यादवले उम्मेदवारी दिँदै हुनुहुन्छ । त्यहाँ लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाएको छ । यादवले छोड्न नमानेपछि महतोले सत्ता गठबन्धनको साथ नपाउने हुनुभएको छ ।  यी हुन् लोसपाले टुङ्गो लगाएका...

स्थानीय निर्वाचनमा सबै पार्टीलाई आफ्नै दलीय चुनाव चिन्ह दिन माग

निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्हसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानुनमा आवश्यक संशोधन गर्न साना पार्टीहरूले जोडदार माग गरेका छन्। विवेकशील साझा पार्टीको आह्वानमा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरमा आज बसेको १३ वटा दलको बैठकले संघीय संसद्मा राष्ट्रिय दलको मान्यताप्राप्त दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गर्ने स्थानीय तह निर्वाचन ऐन, २०७३ को प्रावधान अत्यन्त विभेदकारी र लोकतन्त्रको मर्म विपरीत रहेको भन्दै तत्काल संशोधनको माग गरेको हो। ब...

स्थानीय निर्वाचनमा सबै पार्टीलाई आफ्नै दलीय चुनाव चिह्न दिन माग

निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिह्नसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानुन संशोधन गर्न साना पार्टीले माग गरेका छन्

बाँचुञ्जेल टिकट पाउने २२ भाइ, जसलाई सिंहदरबार पानीपँधेरो !

१६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका दुवै चरणको चुनावमा प्रतिस्पर्धा गरिरहेका केही उम्मेदवार यस्ता छन्, जसले ०४८ यता छैठौंपटक संसदीय प्रतिस्पर्धा गरिरहेका छन् । कोही त ०३८ सालदेखि चुनाव लडिरहेका वयोवृद्धसमेत चुनावी मैदानमा उत्रिएका छन् । कांगेस, एमाले र राजपाका अधिकांश शीर्षनेताहरु छैठौंपटक प्रतिस्पर्धामा लगातार उत्रिएका छन् । यिनीहरु यस्ता …