स्थानीय निर्वाचनमा सबै पार्टीलाई आफ्नै दलीय चुनाव चिन्ह दिन माग

निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्हसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानुनमा आवश्यक संशोधन गर्न साना पार्टीहरूले जोडदार माग गरेका छन्। विवेकशील साझा पार्टीको आह्वानमा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरमा आज बसेको १३ वटा दलको बैठकले संघीय संसद्मा राष्ट्रिय दलको मान्यताप्राप्त दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गर्ने स्थानीय तह निर्वाचन ऐन, २०७३ को प्रावधान अत्यन्त विभेदकारी र लोकतन्त्रको मर्म विपरीत रहेको भन्दै तत्काल संशोधनको माग गरेको हो। ब...

सम्बन्धित सामग्री

प्रचण्ड र माधव नेपालभन्दा रवि ‘पार्टी’को अग्रता

काठमाडौँ : प्रतिनिधिसभा चुनावको प्रारम्भिक मतपरिणाममा रवि लामिछानेको पार्टीले माओवादी र नेकपा एकिकृत समाजवादी पार्टीलाई पनि पछाडि पारेको छ । पछिल्लो मतपरिणामअनुसार रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी र समाजवादीलाई पछाडि पार्दै ८ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म घण्टी चुनाव चिन्ह बोकेको स्वतन्त्र पार्टीले ८ वटा ठाउँमा अग्रता लिएको […]

नेपाल समाजवादीका ६ जना माओवादीको चुनाव चिन्हमा लड्दै

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हतौडा लिएर चुनावमा गएको छ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र […]

राप्रपा नेपालको चुनाव चिन्ह के होला ?

गाई चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भैरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई निर्वाचन आयोगले गाई नदिएर तीर चुनाव चिन्ह दिए पनि सर्वोच्च अदालतले भने सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । आइतबार सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान …

माओवादी छाडेको ७ वर्षपछि बाबुराम हँसिया हथौडा लिएर चुनाव लड्न तयार

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र छोडेको ७ वर्षपछि हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्न तयार भएका छन् । २०७२ साल असोज ९ गते माओवादी पार्टीलाई चर्किएको घरको संज्ञा दिएका बाबुराम कमजोर भएपछि अन्तत्वगत्वा हँसिया हथौडा चुनाव चिन्ह लिएर  निर्वाचन लड्न सहमत भएका हुन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामबीच लामो छलफल भएपछि हँसिया हथौडा चिन्ह लिएर चुनाव लड्न तयार भएका हुन् । प्रचण्ड

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, आयोगले दियो प्रमाणपत्र

यस्तै आयोगले प्रस्ताव गरेको घण्टी चुनाव चिन्हमा भने आयोगले संशोधन गरेको छ । घण्टी चुनाव चिन्ह अर्कै दलको भएपछि आयोगले पार्टीलाई गोलाकारभित्रको घण्टी चिन्ह दिएको छ ।

एमालेको चुनाव चिन्ह सूर्य नरहने

काठमाडौं, १० माघ । नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग […]

नेकपा (एस) को चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको छ । निर्वाचन आयोगले बुधबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ । आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो […]

कलम चुनाव चिन्ह पायो एकीकृत समाजवादीले

काठमाडौँ । एकीकृत समाजवादी पार्टीले कमल चुनाव चन्ह पाएको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो । यस्तै नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच एकता भइ नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रंगको हसियाँ र […]

नेकपा एसले पायो चुनाव चिन्ह कलम, झण्डालाई पनि मान्यता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ । आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको […]

उपनिर्वाचनको लागि आयोगले दियो दलहरुलाई चुनाव चिन्ह

काठमाडौं। निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनको लागि आज दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ। निर्वाचनमा सहभागी भएका नेपाल मजदुर किसान पार्टीलाई मादल, नेकपा (एमाले)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई गोलाकार भित्र हँसिया हथौडा चिन्ह प्रदान गरिएको छ।