इप्पानका सदस्य ४५० पुगे, ‘संस्थाको आकारसँगै जिम्मेवारी पनि बढ्यो’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मा सदस्य संस्थाको संख्या ४५० नाघेको छ । ३ वर्षअघि २५० हाराहारी रहेको ऊर्जा उत्पादक सदस्य संस्थाको संख्या छोटो समयमै करीब २०० ले बढेको छ । इप्पानमा ऊर्जा उत्पादनसँग सम्बन्धित कम्पनीहरू मात्रै सदस्य हुने व्यवस्था छ । इप्पानमा प्रत्यक्षरूपमा ऊर्जा उत्पादन नगर्ने तर ऊर्जा विकासकै काममा लागेका १०० भन्दा धेरै एशोसिएट सदस्यसमेत छन् । उनीहरूलाई मतदान गर्ने अधिकार भने हुँदैन । पछिल्लो समय जलविद्युत् क्षेत्रलाई सरकारले प्राथमिकता दिएकाले निजी क्षेत्रबाट जलविद्युत विकासमा उत्साहजनक सहभागिता देखिएको छ । अध्यक्षमा कार्कीको पल्ला भारी  इप्पानको निर्वाचनमा अध्यक्षका उम्मेदवार गणेश कार्कीलाई पूर्वअध्यक्षहरू, प्रतिष्ठित व्यवसायीहरू, ऊर्जा विज्ञ र ऊर्जासँग जोडिएका अन्य व्यवसायीले पनि समर्थन गरेको उनी निकट उम्मेदवारहरूले बताएका छन् । कार्कीलाई वर्तमान कार्यसमितिका सबैजसो पदाधिकारीले पनि समर्थन गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी चुनावी मैदानमा छन् । ५ जना उपाध्यक्षहरूमा सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, ई. आनन्द चौधरी, उत्तमा भ्लोन लामा र हिमप्रसाद पाठकले कार्कीकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रने बताइसकेका छन् । महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाश दुलालले पनि कार्कीकै प्यानलबाट प्रतिस्पर्धा गर्दै छन् । यसैगरी ५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेललगायतले प्रतिस्पर्धा गर्दै छन् भने कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थले कार्कीको प्यानलबाटै प्रतिस्पर्धा गर्ने बताएका छन् ।  सदस्यहरूमा सिए उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, ई. मिथुन पौडेल, कुवेरमणी नेपाल, ई. कदम केसी, ई. दीपक पौडेल, टि.एन. आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुङ्गेल, ई. गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिश बहादुर पाललगायत प्रतिस्पर्धामा छन् । सदस्यका अधिकांश प्रतिस्पर्धीहरू कार्कीको प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्दै छन् । महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठलगायतले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । अध्यक्षका उम्मेदवार कार्कीले ४५० मध्ये ३०० भन्दा धेरै सदस्यले आफूलाई समर्थन गरिसकेकोले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।  अध्यक्ष बाहेकका अधिकांश पदमा सहमति हुने सम्भावना धेरै रहेको उपमहासचिवका प्रत्यासी प्रकाश दुलालले बताए । सबै पदमा सहमति भएर अध्यक्षको मात्रै चुनाव हुने अवस्था आएमा त्यो पनि सहमतिबाटै टुंगिने उनको अपेक्षा छ । जेठ २५ गतेसम्म नविकरण र नयाँ सदस्यताको लागि आवेदन दिएका ४५० कम्पनीका प्रतिनिधिहरू साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन् । निर्वाचन समितिले जेठ २७ गते मतदाता नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता चिरञ्जीवी खतिवडाले जानकारी दिए । २७ गतेदेखि नै इप्पानको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने समेत उनले बताए । मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यतालिकासमेत सार्वजनिक हुनेछ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गर्ने इप्पानको २१ औं वार्षिक साधारण सभा यही जेठ ३२ गते बौद्ध स्थित हायात होटलमा हुँदैछ ।

सम्बन्धित सामग्री

काभ्रे कांग्रेसको जिम्मेवारी हस्तान्तरण

नेपाली कांग्रेसको जिल्ला कार्यसमिति काभ्रेको जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ। एक कार्यक्रमकाबीच १४औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण गरिएको हो। कार्यक्रममा निवर्तमान जिल्ला सभापति तथा कांग्रेस केन्द्रीय...

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौं, पुस ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको […]

माओवादीले दियो नारायणकाजीलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । पछिल्लो समय पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई  अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिइएको हो । यसअघि श्रेष्ठलाई प्रवास समन्वय विभागको जिम्मेवारी दिइ अन्तर्राष्ट्रिय विभाग दिइएको थिएन । तर हाल आएर माओवादीले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी पनि दिएको हो । यस्तै उपप्रमुखमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त

दुई मन्त्रीको जिम्मेवारी हेरफेर

जनकपुर । प्रदेश नं. २ को मन्त्रीमण्डल हेरफेर भएको छ । मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन् । राउतले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादव र अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका हुन् । तीन दलको सरकार रहेको प्रदेश नं. २ मा […]

माओवादी नेताको जिम्मेवारी बाँडफाट : कसलाई कुन जिम्मेवारी ?

नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बााडफाँट गरेको छ । भदौ ५ र ६ गते बसेको स्थायी समिति बैठकको छलपलबाट नेताहरुको जिम्मेवारी बाँडफाट भएको परिपत्र माओवादीले सार्वजनिक गरेको छ । माओवादीले पार्टीको...

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी महरालाई

काठमाडौँ- नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

माओवादी प्रवक्ताको जिम्मेवारी महरालाई

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो।

गृह प्रवक्ताको जिम्मेवारी फणिन्द्र पोखरेललाई

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव फणिन्द्रमणि पोखरेलले जिम्मेवारी पाएका छन् ।  कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई प्रवक्ता जिम्मेवारी दिएको हो ।  उनलाई प्रवक्ताका साथै शान्ति सुरक्षा महाशाखाको प्रमुखको जिम्मेवारीसमेत दिइएको छ ।  शुक्रवारको निर्णयले पोखरेललाई प्रवक्ता र हाल प्रवक्ता रहेका जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।  तराई र पहाडका ७ वटा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत सम्हालिसकेका पोखरेललाई अब्बल प्रशासकको रुपमा लिइन्छ ।

गण्डकी प्रदेशमा मन्त्रीलाई जिम्मेवारी

गण्डकी, १३ असार: गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको […]

प्रदेश २ मा प्रभुको जिम्मेवारी ज्वालालाई

काठमाडौं ।  नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर तथा बाँडफाँट गरेको छ । बैठकले कार्य विभाजनअनुसार २ सय ६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको  हो  । महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनको विभिन्न जिम्मेवारी दिइएको हो ।जसअनुसार प्रदेश २ को प्रदेश इन्चार्जको जिम्मेवारी रघुवीर महासेठले पाएका छन् भने प्रदेश अध्यक्षबाट माओवादी केन्द्र परित्याग गरेका प