देश छाड्दै बीमाले भनिन् ,’ म जस्तो रोएर कोही हिँड्नु नपरोस्’

काठमाडौँ– छुट्यो मायाजाल, माझी दाइ पोखरा, जम्मु कश्मीरमा, हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट जस्ता चर्चित गीतहरु मार्फत गीतसंगीतमा स्थापित भएकी गायिका बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै नेपाल छाडेपछि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी छिन् । केही दिनअघि उनी श्रीमानसहित अमेरिकाको […]

सम्बन्धित सामग्री

युवाले छाड्दै गरेको देश

राजनीतिक परिवर्तनका हिसाबले नेपाल द्रुत गतिमा अगाडि बढेको हो । २०१७ सालमा राजा महेन्द्रले बलात् पञ्चायत व्यवस्था लागू गरे पनि २०४६ को आन्दोलनले नयाँ परिवर्तनको ढोका खोल्यो । त्यसपछि द्रुत गतिमा चलेको राजनीतिक गाडीले गणतन्त्र हुँदै संघीय लोकतन्त्रमा ल्याइपुर्‍यायो, राज्य व्यवस्थालाई खुला र उदार बनायो भनियो ।

सधैंका लागि देश छाड्नेहरू

मानिस अवसरको खोजीमा यताउता गरिरहने प्राणी भए पनि राज्य व्यवस्थाको उदयपछि मानिस एउटै देशमा बस्ने परिपाटी बसेको हो । आधुनिक राज्य प्रणालीमा पनि नागरिकलाई अन्य देशमा जाने बाटो खुला हुन्छ र जान्छन् पनि । तर, ठूलो संख्यामा आफ्नो देशको नागरिक सधैंका लागि देश छाड्दै छन् भने गम्भीर हुनैपर्छ । कि त आन्तरिक द्वन्द्व चर्को भएर ज्यान जोगाउन विदेशिएको हुनुपर्छ कि त मुलुकभित्र जीवन धान्नै नसक्ने भएर विदेशिएको हुनुपर्छ । तर, नेपालमा अहिले यी दुवै अवस्था नरहे पनि देश छाड्ने त्यसमा पनि सधैंका लागि देश छाड्नेको संख्या बढ्दो छ जुन चिन्ताको विषय हो । अध्यागमन विभागका अनुसार गतवर्ष ७१ हजारले स्थायी रूपमा देश छाडेका छन् । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँग यसरी सधैंका लागि देश छाड्नुलाई सकारात्मक लिन सकिँदैन । वैदेशिक रोजगारमा जाने त नेपालमा फर्कनैपर्छ । त्यसैले तिनले त्यहाँ कमाएको पैसा नेपाल पठाउँछन् । तर, जो सधैंका लागि देश छाड्छन् तीमध्ये धेरैले कुनै न कुनै रूपमा नेपालको सम्पत्ति विदेश लैजान्छन् । नागरिक र सम्पत्तिसमेत विदेशिने क्रम बढ्दै गयो भने त्यो देशको भविष्यमा प्रश्न उठ्न सक्छ । यद्यपि विदेश जाँदा नेपालीहरूले नेपालको चिनारी विश्वभरि फैलाएका छन् । विश्वका १७० भन्दा बढी देशमा पुगेर त्यहाँ नेपालीहरूले विभिन्न पेशा र व्यवसाय गरी नेपालको चिनारी कुनै न कुनै रूपमा राखेका छन् । यसबाट नेपालले फाइदा लिन सक्ने सम्भावनाका क्षेत्र धेरै छन् । नेपाली विदेशिए भनेर चिन्ता लिने कुरा एक ठाउँमा छ । तर, यहाँनेर अवसरको खोजी गर्न भने सरकार चुकेको छ ।  वैदेशिक रोजगारमा जाने त नेपालमा फर्कनैपर्छ । त्यसैले तिनले त्यहाँ कमाएको पैसा नेपाल पठाउँछन् । तर, जो सधैंका लागि देश छाड्छन् तीमध्ये धेरैले कुनै न कुनै रूपमा नेपालको सम्पत्ति विदेश लैजान्छन् ।  नेपालको निर्यात व्यापारको आँकडा निकै कमजोर छ । निर्यात भएका वस्तुको सूची हेर्र्ने हो भने जहाँजहाँ नेपालीको उपस्थिति छ ती देशमा नै नेपाली उत्पादन निर्यात भइरहेको पाइन्छ । अहिले नेपाली अचार उद्योग निकै फस्टाएको छ । अचारको निर्यात व्यापक बढेको छ । त्यो अचार प्राय: विदेशमा बस्ने नेपालीहरू भएकै देशमा भएको पाइन्छ । त्यति मात्र होइन, लन्डन, पेरिस, म्याड्रिड, वार्सिलोना, सिड्नी, मेलवर्नजस्ता विश्वको कुनै पनि ठूला शहरमा नेपाली खाना मजाले खान पाइन्छ । नेपालीहरू स्थायी वा अस्थायी रूपमा जेजसरी गए पनि तिनले नेपालको अर्थतन्त्रलाई कुनै न कुनै रूपमा सहयोग पुर्‍याएका छन् । विश्वव्यापीकरणले गर्दा नेपालको अर्थतन्त्रले पाएको फाइदा हो, यो । अब यसलाई आलोचना गर्नुभन्दा आफ्नो देशमा तिनलाई फर्काउने वातावरण बनाउनतिर लाग्नुपर्छ । कुनै दिन त नेपाल पनि बलियो बन्ला र फर्कन सकिएला भन्ने सोच धेरैमा पाइन्छ । सुशासन र नीतिगत स्थिरता बन्न सके, कानूनी राज्यको प्रत्याभूति दिन सके पनि धेरै युवा नेपाल फर्केर यहीँ केही काम गर्न तयार छन् ।  त्यसैले सरकारले विप्रेषणले मुलुकको अर्थतन्त्र चलेको छ भनेर सतही कुरा गर्नुभन्दा किन मुलुक छाड्ने लहर चलेको छ भनेर खोजी गरी स्वदेशमा बस्ने र स्वदेशमै केही गरेर देखाउने अवसर सृजना गर्नुपर्छ । रोजगारी सृजना गर्ने काम सरकारको होइन भन्ने तर्क गर्नेहरूले सरकारले केही पनि काम नगर्ने हो भने किन सरकार चाहियो ? जवाफ दिन सक्नुपर्छ । अहिले जेजस्तो तरीकाले युवा विदेशिन मरिहत्ते गरिरहेका छन् त्यो अवस्था हेर्दा मुलुक नरित्तिएला पनि भन्न सकिँदैन । अवसर नपाएर, लगानी गर्ने पैसा नभएर वा ज्यानै फालेर जाने हिम्मत नभएर मात्रै धेरै युवा नेपालमा टिकेका हुन् भन्न सकिने आधार धेरै छन् । त्यसैले अवसर खोजीको कुरा एउटा हो, बाध्यता र रहर अर्कै कुरा हो । यस पक्षलाई मिहीन विश्लेषण गरेर सरकारले काम गर्न ढिला भइसकेको छ । अहिले त झन् देशमा ३ तहका सरकार छन् । युवाले धमाधम देश छाडिरहँदा तीन तहका सरकार के गर्दै छन् ? जनतालाई जवाफ दिनुपर्छ ।

युवा किन देश छाड्दै छन् ?

‘खुँडा हानेर मान्छे मार्नेलाई आममाफी र अबिर जात्रा, पीडित परिवार त्रासमा’ । केही दिनअघि एउटा राष्ट्रिय दैनिकमा प्रकाशित यो शीर्षकको समाचार पढेपछि मनमा लागेको एउटै कुरा हो, यस्तै–यस्तै कारणले नेपाली युवाले देश छाड्दै छन् ।चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका बाँके, नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले अदालतबाट ठहर भएको मध्ये १२ वर्ष सजाय […]

रुस छाड्दै यहुदी

रुसले युक्रेनमाथि आक्रमण गरेपछि संसारमा नै आप्रवासी र शरणार्थी समस्या थपिएको छ। ज्यान जोगाउन युक्रेन छाड्नेको त कुरै नगरौँ, आफ्नै देशको सत्तासँग असन्तुष्ट नागरिकले रुस छाड्नेक्रम जारी छ। अहिले रुसमा रहेका यहुदीहरूमा देश छाड्नेक्रम बढ्दो छ। कम्तीमा प्रति ८ जना मध्य एक यहुदीले रुस छाडेका छन्। संसारमा रहेका यहुदीलाई इजरायलमा गएर बसोबास गर्नका लागि यहुदी […]

मिडियाप्रति कठोर बन्दै रुस : फेसबुक-ट्वीटरसमेत बन्द, देश छाड्दै पत्रकार

युक्रेनविरुद्धको युद्धमा आफ्नो लाइन नलिने मिडियालाई रुसले प्रतिबन्ध लगाउने क्रम बढेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार क्रेमलिन लाइनविरुद्धका मिडिया र व्यक्तिमाथिको कारबाहीलाई तीव्र बनाउने बताएका छन्। रुसले फेसबुक र ट्विटरमा समेत प्रतिबन्ध लगाएको छ। बीबीसी, अमेरिकी सरकारद्वारा अनुदानप्राप्त भ्वाइस अफ अमेरिका र रेडियो फ्री युरोप/रेडियो लिबर्टी, जर्मन प्रसारक ड्युचे वेले र…

युक्रेन छाड्दै पोल्याण्ड छिर्ने युक्रेनीहरुको रेल्वे स्टेशनमै बास

रुसी आक्रमणपछि युक्रेनबाट देश छाडेर भागेका हजारभन्दा बढी युक्रेनीहरू रेलमार्फत पोल्याण्डको प्रजेमिस्ल सहरमा पुगेका छन्। पोल्याण्डले युक्रेनबाट आउने नागरिकहरुका लागि क्वारेन्टाइन वा कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक ठानेको छैन। होटलहरू पूर्ण रूपमा बुक भएकाले युक्रेनीहरुमध्ये धेरै रेल स्टेसनका क्याम्प बेडहरूमा रातभर बसे। बिबिसीका अनुसार पोल्याण्डले सीमा पार गर्ने युक्रेनीहरूका लागि नौवटा स्वागत बिन्दुहरू स्थापना गरेको […]

एक्लिँदै मिश्र, धमाधम साथ छाड्दै नयाँ पुस्ता

अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ नामको ‘मार्ग परिवर्तन प्रस्ताव’ले विवेकशील साझा पार्टीमा पहिरो जान थालेको छ । अध्यक्ष मिश्रले ‘पश्चगमन योजना’ ल्याएर पार्टीको उत्साही पुस्तालाई निराश पारेको पोखराकी मनिषा घर्तीमगर बताउँछिन् ।

सिङ्गापुर - कोरोना महामारीमा सबैभन्दा ‘सुरक्षित देश’

काठमाण्डाै – विश्वका धेरै देशमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको छ । तर एक सानो एसियाली द्वीप यस महामारीमा सबैभन्दा सुरक्षित देशको रुपमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।  ब्लूमबर्गको एक प्रतिवेदनमा सिङ्गापुरले न्युजिल्यान्डलाई पछि छाड्दै पहिलो स्थान प्राप्त गरेको हो । न्युजिल्याण्ड कैयौँ महिनादेखि पहिलो स्थानमा थियो । यो सूची विभिन्न मानकलाई ध्यानमा राख्दै बनाइएको हो, जसमा कोरोना सङ्क्रमण दरदेखि लिएर घुम्ने स्वतन्त्रतासम्म समावेश छ । रिपोर्टका अनुसार सिङ्गापुरको खोप अभियान यसलाई पहिलो स्थानमा पुर्‍...