सधैंका लागि देश छाड्नेहरू

मानिस अवसरको खोजीमा यताउता गरिरहने प्राणी भए पनि राज्य व्यवस्थाको उदयपछि मानिस एउटै देशमा बस्ने परिपाटी बसेको हो । आधुनिक राज्य प्रणालीमा पनि नागरिकलाई अन्य देशमा जाने बाटो खुला हुन्छ र जान्छन् पनि । तर, ठूलो संख्यामा आफ्नो देशको नागरिक सधैंका लागि देश छाड्दै छन् भने गम्भीर हुनैपर्छ । कि त आन्तरिक द्वन्द्व चर्को भएर ज्यान जोगाउन विदेशिएको हुनुपर्छ कि त मुलुकभित्र जीवन धान्नै नसक्ने भएर विदेशिएको हुनुपर्छ । तर, नेपालमा अहिले यी दुवै अवस्था नरहे पनि देश छाड्ने त्यसमा पनि सधैंका लागि देश छाड्नेको संख्या बढ्दो छ जुन चिन्ताको विषय हो । अध्यागमन विभागका अनुसार गतवर्ष ७१ हजारले स्थायी रूपमा देश छाडेका छन् । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँग यसरी सधैंका लागि देश छाड्नुलाई सकारात्मक लिन सकिँदैन । वैदेशिक रोजगारमा जाने त नेपालमा फर्कनैपर्छ । त्यसैले तिनले त्यहाँ कमाएको पैसा नेपाल पठाउँछन् । तर, जो सधैंका लागि देश छाड्छन् तीमध्ये धेरैले कुनै न कुनै रूपमा नेपालको सम्पत्ति विदेश लैजान्छन् । नागरिक र सम्पत्तिसमेत विदेशिने क्रम बढ्दै गयो भने त्यो देशको भविष्यमा प्रश्न उठ्न सक्छ । यद्यपि विदेश जाँदा नेपालीहरूले नेपालको चिनारी विश्वभरि फैलाएका छन् । विश्वका १७० भन्दा बढी देशमा पुगेर त्यहाँ नेपालीहरूले विभिन्न पेशा र व्यवसाय गरी नेपालको चिनारी कुनै न कुनै रूपमा राखेका छन् । यसबाट नेपालले फाइदा लिन सक्ने सम्भावनाका क्षेत्र धेरै छन् । नेपाली विदेशिए भनेर चिन्ता लिने कुरा एक ठाउँमा छ । तर, यहाँनेर अवसरको खोजी गर्न भने सरकार चुकेको छ ।  वैदेशिक रोजगारमा जाने त नेपालमा फर्कनैपर्छ । त्यसैले तिनले त्यहाँ कमाएको पैसा नेपाल पठाउँछन् । तर, जो सधैंका लागि देश छाड्छन् तीमध्ये धेरैले कुनै न कुनै रूपमा नेपालको सम्पत्ति विदेश लैजान्छन् ।  नेपालको निर्यात व्यापारको आँकडा निकै कमजोर छ । निर्यात भएका वस्तुको सूची हेर्र्ने हो भने जहाँजहाँ नेपालीको उपस्थिति छ ती देशमा नै नेपाली उत्पादन निर्यात भइरहेको पाइन्छ । अहिले नेपाली अचार उद्योग निकै फस्टाएको छ । अचारको निर्यात व्यापक बढेको छ । त्यो अचार प्राय: विदेशमा बस्ने नेपालीहरू भएकै देशमा भएको पाइन्छ । त्यति मात्र होइन, लन्डन, पेरिस, म्याड्रिड, वार्सिलोना, सिड्नी, मेलवर्नजस्ता विश्वको कुनै पनि ठूला शहरमा नेपाली खाना मजाले खान पाइन्छ । नेपालीहरू स्थायी वा अस्थायी रूपमा जेजसरी गए पनि तिनले नेपालको अर्थतन्त्रलाई कुनै न कुनै रूपमा सहयोग पुर्‍याएका छन् । विश्वव्यापीकरणले गर्दा नेपालको अर्थतन्त्रले पाएको फाइदा हो, यो । अब यसलाई आलोचना गर्नुभन्दा आफ्नो देशमा तिनलाई फर्काउने वातावरण बनाउनतिर लाग्नुपर्छ । कुनै दिन त नेपाल पनि बलियो बन्ला र फर्कन सकिएला भन्ने सोच धेरैमा पाइन्छ । सुशासन र नीतिगत स्थिरता बन्न सके, कानूनी राज्यको प्रत्याभूति दिन सके पनि धेरै युवा नेपाल फर्केर यहीँ केही काम गर्न तयार छन् ।  त्यसैले सरकारले विप्रेषणले मुलुकको अर्थतन्त्र चलेको छ भनेर सतही कुरा गर्नुभन्दा किन मुलुक छाड्ने लहर चलेको छ भनेर खोजी गरी स्वदेशमा बस्ने र स्वदेशमै केही गरेर देखाउने अवसर सृजना गर्नुपर्छ । रोजगारी सृजना गर्ने काम सरकारको होइन भन्ने तर्क गर्नेहरूले सरकारले केही पनि काम नगर्ने हो भने किन सरकार चाहियो ? जवाफ दिन सक्नुपर्छ । अहिले जेजस्तो तरीकाले युवा विदेशिन मरिहत्ते गरिरहेका छन् त्यो अवस्था हेर्दा मुलुक नरित्तिएला पनि भन्न सकिँदैन । अवसर नपाएर, लगानी गर्ने पैसा नभएर वा ज्यानै फालेर जाने हिम्मत नभएर मात्रै धेरै युवा नेपालमा टिकेका हुन् भन्न सकिने आधार धेरै छन् । त्यसैले अवसर खोजीको कुरा एउटा हो, बाध्यता र रहर अर्कै कुरा हो । यस पक्षलाई मिहीन विश्लेषण गरेर सरकारले काम गर्न ढिला भइसकेको छ । अहिले त झन् देशमा ३ तहका सरकार छन् । युवाले धमाधम देश छाडिरहँदा तीन तहका सरकार के गर्दै छन् ? जनतालाई जवाफ दिनुपर्छ ।

सम्बन्धित सामग्री

परिचय खोजिरहेको देश

एउटा देश परिचित हुन के के हुन सक्छ ? दुनियाँकै शिक्षित, सुरक्षित या विकसित ? तर हामी कती गरिब छौं हामीलाई देश चिनाउन दोषी चाहिएको छ एक समय रगतको होली खेलेर चोख्खिन संसद भवन छिर्नेहरु  यस्तै रास्ट्र नायक हामीलाई चाहिएको...

बालुवाटारको पिंजडाभित्र थुनिएको रहेछ देश

आफ्नैबाट लुटिंदा–लुटिंदा अब त निरीह भएछ देश, छिमेकीको कठपुतली बन्ने खतरातिर गएछ देश। भए तापनि हिमाल,पहाड र तराईको विशाल क्षेत्र,बालुवाटारको पिंजडाभित्र थुनिएको रहेछ देश।...

राम्राले हैन हाम्राले मात्र चलाएको देश यो

राम्राले हैन हाम्राले मात्र चलाएको देश यो, भ्रष्टाचारको पराकाष्ठा नाघी बलाएको देश यो। पहिला पद किन्ने, पछि त्यहीँबाट छिन्ने गर्दै, तलदेखि माथिसम्म नेताले नै गलाएको देश यो।...

देशहरुको देश

तर  देशहरूको देश मेरो देश आज देशमा छैन मेरो देश त आज तपाईंहरूको काँधमा छ अब जे गर्नु हुन्छ गर्नुस्।

मेरो देश

मेरो देश नेपाल तराई,पहाड, हिमाल, कुहू–कुहू कोइली मिठो गीत गाउने, शिरमा कल्की ढल्काउँदै डाँफे चरी नाच्ने उफ्री–उफ्री हरिणका पाठापाठी खेल्दछन्।...

यस्तो मेरो देश

-राजन झा कति राम्रो देश, चारैतिर हरियालीविश्वमै छ चर्चित,  हाम्रो मेची–महाकालीदक्षिणतिर भारत, उत्तरतिर हाम्रो चीन,यस्तो मेरो देश, गर्वले मुखमा छ लाली ।सानै भए देश, हाम्रो ठूलो इतिहास होवीर पुर्खाले हाम्रो बचाएको यो सास हो ।कति छ पवित्र सती सीताको यो देश काठमाडौँमा हेर पशुपतिजीको बास हो ।सर्वोच्च सागरमाथा, हाम्रो चिनो यो नेपालको,चम्किँदैछ देश हाम्रो, पर्वत यो हिमालको ।थरिथरि जातजाति, फरक फरक धर्म,एकताले बनेको यो देश नै विशाल हो ।विश्वमै प्रसिद्ध, गोर्खालीको यो वीर

म देश बोल्दै छु

तिमीले देखेको देश केवल नक्सा र झन्डामा छ मैले खोजेको देश तिमी देख्दैनौ जुन तिम्रै हृदयको कुनामा छ।

नेपालबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक

काठमाण्डाै – सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाएको छ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जाने उद्देश्यले नेपाल आउन र नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्य देश जान रोक लगाएको हो । यो नियम आज राति  १२ बजेदेखि लागू हुने विभागले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण अर्काे सूचना नआएसम्मका लागि प्रतिबन्ध लागेको विभागले जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेकाले दिल्लीबाट सिधा उडानमा...