श्रीलङ्कामा नयाँ राष्ट्रपति चुन्न बुधवार चुनाव हुँदै, विक्रमासिङ्घेकाे सम्भावना धेरै

गम्भीर आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा यही जुलाई २० तारिख अर्थात् आउँदो बुधवार चुनाव हुने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्दै राजीनामा दिएपछि आउँदो बुधवार नयाँ राष्ट्रपति चुन्न संसदमा मतदान हुने भएको एनडीटीभीले जनाएको छ । राष्ट्रपतिका लागि पर्सि मङ्गलवारसम्म उम्मेदवारी दर्ता गर्न सकिने खबरमा उल्लेख छ ।  कार्यवाहक राष्ट्रपतिको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि उम्मेदवारी दिने तयारी गर्नुभएको छ । यस्तै मुख्य विपक्षी दलका साजित प्रेमदासाले पनि उम्मेदवारी दिनुभएको छ । दुई...

सम्बन्धित सामग्री

श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दाे

श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढेको छ । विगतको तुलनामा सन् २०२१ र २२ मा कुपोषणको समस्या बढेको हो । संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) पछिल्लो एक प्रतिवेदनअनुसार श्रीलङ्कामा कुपोषण समस्या यथावत् छ भने यसवर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ । देशले पछिल्लो पटक भोगेको आर्थिक सङ्कटबाट पनि बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण कुपोषण बढेको श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले बताउनुभएको...

श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू

श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव भएपछि श्रीलङ्कामा क्युआर कोड प्रणाली लागू गरिएको हो । क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन् । देशभरीका सबै पेट्रोल पम्पहरुमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यसबारेमा जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताए ।  उनले इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न पनि उपभोक

श्रीलङ्कामा सङ्कटकाल लागू : नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया सुरु

श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ । कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले हिजो श्रीलङ्कामा सङ्कटकालको घोषणा गर्नुभएको थियो । उहाँले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा अत्यावश्यकीय सेवा आपूर्तिका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताउनुभएको थियो । त्यहाँ नयाँ राष्ट्रपति चुन्न प्रक्रिया सुरु भएको छ । श्रीलङ्कामा भोलि नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षे श्रीलङ्काबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुग्नुभएको छ । तर सिङ्गापुर...

श्रीलङ्कामा सङ्कटकाल घोषणा

श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गर्नुभएको हो । उहाँले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको …

श्रीलङ्कामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

श्रीलङ्कामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन्।...

श्रीलङ्कामा लगाइएको कर्फ्यू गरियो थप

श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मंगलबारसम्मका लागि लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन् । श्रीलङ्कामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनलाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कर्फ्यू जारी गरिएको छ । सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोश

श्रीलङ्कामा फेरि आपत्काल घोषणा

श्रीलङ्कामा फेरि आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाय राजापाक्षेले आपत्काल घोषणा गर्नुभएको हो । श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किरहेको छ । सार्वजनिक व्यवस्था र शान्तिसुरक्षा सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा आर्थिक सङ्कटलाई लिएर राष्ट्रपतिको राजीनामा माग गरी देशव्यापी प्रदर्शन हुँदै आएको छ । त्यहाँ लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको अभाव चर्किएको छ । श्रीलङ्काको जनसङ्ख्या २ करोड २० लाख रहेको छ । यसअघि प्रदर्शन सुरु भए लगत्तै गएको अप्रिल एक अर्थात चैत १८ गतेदेखि आपत्...

श्रीलङ्कामा सङ्कटकाल हट्यो, सरकार अल्पमतमा

आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय सङ्कटकाल खारेज भएको  छ । आर्थिक सङ्कट बढेपछि भइरहेको आन्दोलन रोक्न गएको १८ गतेदेखि श्रीलङ्कामा सङ्कटकाल लागू गरिएको थियो । तर, सङ्कटकाल घोषणा भएको दुई हप्ताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार सङ्कटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोतावाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य हुनुभएको हो । सङ्कटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् ...

श्रीलङ्कामा सामाजिक सञ्जाल पनि बन्द

काठमाडौं, चैत २० । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन भएपछि श्रीलङ्कामा सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको छ । त्यहाँ ३६ घण्टाका लागि कर्फ्यूसमेत घोषणा गरिएको छ । फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल खोल्न नमिल्ने बनाएका राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति नलिई कसैले पनि सडक, उद्यान, रेल वा समुद्री तटमा जान […]

श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु दर उच्च हुँदै

श्रीलङ्कामा पनि कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढ्न थालेको छ । गत २४ घण्टामा श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट १०१ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको कूल संख्या २ हजार ११ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यसै अवधीमा यहाँ २६ सय भन्दा बढी थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । श्रीलङ्कामा कोरोना शुरु भएदेखि हालसम्म  २ लाख १६ हजार १३४ जना व्यक्ति सङ्क्रमति भइसकेका छन् । श्रीलङ्कामा ३१ हजार ९८६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन