जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउने गठबन्धन सरकारले संकल्प गरेको छ । नयाँ गठबन्धनपछि बनेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत पाएको एक सातापछि सार्वजनिक पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मा भ्रष्टाचार मुद्दामा शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता आएको हो ।