काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत मंसिर १४ गतेदेखि संकल्प यात्रामा छन्। सुदुरपश्चिम बैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गरेका ओली अहिले गण्डकी प्रदेश आइपुगेका छन्। जनतासँग सहकार्य गर्ने, जनतासँग संकल्प गर्ने र समृद्धिका लागि एमालेले गर्न चाहेको कामबारे अन्तरक्रिया गर्ने अठोटसहित ओली मध्यपहाडी लोकमार्ग यात्रामा निस्केका हुन्। एमालेको तीन साता चल्ने पुष्पलाल मध्यपहाडी यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिनेछ। एमालेले २०७३ सालपछि लामो संकल्प यात्रा