काठमाडौं– रुसले फ्रान्सेली कार कम्पनी रेनोको रुसमा रहेका सम्पत्ति राष्ट्रियकरण गरेको छ । रुसले राजधानी मस्कोमा रहेको कारखाना र रुसमा रहेका सम्पत्तिलाई राष्ट्रियकरण गरेको हो । गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता रुसले राष्ट्रियकरण गरेको रेनो पहिलो मुख्य विदेशी कम्पनी हो । रुसमा रहेका रेनो कम्पनीका सबै सम्पत्तिहरू आइन्दा राज्यको सम्पत्ति भएको जनाएको हो […]