रुसको ऊर्जा कम्पनी गाजप्रोमले जर्मनसँगको व्यवसायबाट बाहिरिने घोषणा गरेको छ । मस्कोले रुसी ग्यासको भुक्तानी युरोको सट्टा रुबलमा गर्नुपर्ने विषयमा जोड दिएपछि गाजप्रोम जर्मनसँगको व्यवसायबाट बाहिरिन लागेको हो ।यो कदमको प्रभाव रुसी ग्यासको आपूर्तिमा कसरी पर्ला भनेर तत्काल कुनै स्पष्ट परिणाम देखिएको छैन । किनकि जर्मन आफ्नो आवश्यकताको ४० प्रतिशत रुसी ग्यासमा निर्भर रहँदै आएको छ ।कम्पनीले गाजप्रोम जर्मनियासँगको सहभागिता र उसको सबै सम्पत्तिको अन्त्य गरेको छ । यसमा गाजप्रोमको ‘मार्केटिङ एन्ड ट्रेडिङ