यी हुन् अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनी

गत आर्थिक वर्षको नाफाबाट कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। राष्ट्र बैंकले नगद लाभांशमा कडाई गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयरलाई प्राथमिकता दिएका छन्।

सम्बन्धित सामग्री

सामान्य अंक बढ्यो नेप्से, १ अर्ब ७८ करोड बराबरको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । दिनभर उतावचढाव देखिएको परिसूचक उच्च विन्दु २ हजार १०९ दशमलव २९ विन्दुमा पुगे पनि अन्त्यमा भने २ हजार ८९ दशमलव ८४ विन्दुमा कायम भएको छ । लगानीकर्ताहरू अझै 'पर्ख र हेर'को अवस्थामा रहेकाले बजारमा उच्च वृद्धि र कमी नदेखिएको विज्ञ बताउँछन् । र, सोही कारण कारोबार रकम प्रभावित भएको उनीहरूको भनाइ छ ।   छोटो समयमै प्रोफिट बुक गरी बसेका लगानीकर्ताले सक्रियरूपमा लगानी नगर्दा र धेरै दिन बजार घटेकाले लगानीकर्ताको मनोविज्ञान सकारात्मक नहुँदा यस्तो असर देखिएको विज्ञको भनाइ छ । यद्यपि आगामी दिनमा भने बजार सकारात्मक बन्ने विज्ञहरू अनुमान गर्छन् । सूचीकृत कम्पनीहरूले अहिले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । वित्तीय विवरण सार्वजनिक गरेपछि कम्पनीले लाभांश घोषणा गर्नेछन् । त्यसपछि बजार सकारात्मक बाटो समात्ने उनीहरूको अनुमान छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत वृद्धि भएको छ ।  बिहीवार २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता शेयर ४० हजार ७७४ पटकमा रू. १ अर्ब ७८ करोड बराबरको कारोबार भएको छ ।  यस दिन कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआईबिएल ग्रोथफण्डको मूल्यमा सकारात्मक सर्किट लागेको हो । बिहीवार सबैभन्दा बढी प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ५ दशमलव १९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ३६५ मा झरेको छ । शेयर मूल्य घट्ने कम्पनीको सूचीमा दोस्रोमा गणपति लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ४ दशमलव १६ प्रतिशत घटेर रू. ६९६ कायम भएको छ । यस कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा उल्लेख्य घटेको छ । यसकारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएका हुन् ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ९ करोड २३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०४ दशमलव ७० कायम भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा दोस्रोमा सिइडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको रू. ५ करोड ५४ लाख बराबरको कारोबार भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबैको बढेको हो । समूहगत परिसूचक सर्वाधिक घट्नेमा वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १ दशमलव ५२ प्रतिशत घटेको छ । यस्तै व्यापार समूहको परिसूचक १ दशमलव ८१ प्रतिशत बढेको छ ।