काठमाडौं : अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने भएको छ।आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने भएको बताएका हुन्। नयाँ कम्पनी खोल्न र कम्पनीको पुँजी बढाउन कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने र न्यूनतम १ सय रुपैयाँमात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने अर्थमन्त्री महतले बताएका छन्।यस्तै अब कम्पनीहरुको नविकरण गर्न तथा कम्पनी बन्द गर्ने व्यवस्था अनलाइनबाटै गर