सीएनएनको पत्रकारलाई थर्काए बाइडनले, पछि मागे माफी (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखरवार्तापछि आयोजित पत्रकार सम्मेलनमा सीएनएनका एक पत्रकारलाई थर्काएका छन् ।  पुटिनले आफ्नो व्यवहार परिवर्तन गर्ने विषयमा किन तपाईंमा आत्मविश्वास छ भनी सीएनएनकी काइटलान कोलिन्सले सोध्दा विचलित भएका बाइडनले भने, ‘म आत्मविश्वासी छैन । के हो ताल, जतिखेर पनि के हो यो पारा ?’   कोलिन्सले बोल्न खोज्दा बाइडनले भने, ‘म आत्मविश्वासी छु भनेर कहिले भनें ?’ ‘ ल, सीधासीधा कुरा गरौं,’ बाइडनले भने । ‘उ...

सम्बन्धित सामग्री

पत्रकार धम्क्याउने निर्देशक सुदर्शन थापाले मागे माफी

पत्रकारलाई 'कानको जाली फुटाउँछु' भनेर धम्क्याउने निर्देशक सुदर्शन थापाले माफी मागेका छन् ।

नगरसभा बैठकबाट पत्रकार निकालेको घटनामा धनगढीका मेयरले मागे माफी

१ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरसभा बैठकबाट अनलाइनखबरकर्मी जनक विष्टलाई बाहिर निकालेको घटनामा माफी मागेका छन् । आइतबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको समन्वयमा भएको छलफलमा मेयर हमालले गल्ती स्वीकार गरेका हुन् । ‘पत्रकारलाई बाहिर निकाल्ने र सूचना नदिने उपमहानगरपालिकाको नीति होइन तर अघिल्लो नगरसभा बैठकमा असम्बन्धित मान्छेहरु प्रवेश गरेकाले अरु […]

ज्यान मार्ने धम्किदिने कर्मचारीले मागे पत्रकारसँग माफी

पेश्की रकमबारे प्रतिक्रिया माग्दा पत्रकारलाई ज्यान मार्ने धम्की दिएका रौतहटका स्वास्थका कर्मचारीले माफी मागेका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य पत्रकार शैलेन्द्र झासँग स्वास्थ्य कार्यालय गौरका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले माफी मागेका हुन । रौतहटका सिडियो कृष्ण बहादुर शाही , राष्ट्रिय अनुसन्धानका एसपी मुकुन्द खड्का , स्वास्थ्य कार्यालय गौरका प्रमुख दिपेन्द्र राय , कोल्ड निरिक्षक अधिकृत अनिल कर्ण, नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा लगायत संचारकर्मीकाे र

बलात्कृत राउटे युवतीको पहिचान खुलाएका पत्रकारले मागे माफी

काठमाडौं, ६ पुस । बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई पाँच महिना कैद र ५ हजार रुपैयाँ सुर्खेत जिल्ला अदालतले सजाय सुनाएको छ । जेठ २१ गते बलात्कृत भएकी राउटे समुदायकी युवतीको पहिचान गराउने पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतले उक्त सजाय तोकेर २४ घन्टाभित्र क्षमायाचना गरेको खण्डमा जेल बस्न नपर्ने विकल्प दिएको थियो […]

निर्वाचन समितिले माफी मागेपछि पत्रकारले उठाए क्यामेरा

काठमाडौँ – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले माफी मागेपछि पत्रकारहरुले क्यामेरा उठाएका छन् । मतदान प्रकृयाको रिपोटिङमा भृकुटीमण्डप र राष्ट्रिय सभा गृह पुगेका पत्रकारलाई अवरोध दुर्व्यवहार गरिएपछि उनीहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका थिए । त्यसअघि निर्वाचन समिति, प्रहरी र पत्रकारबीच भनाभन हुने क्रममा धकेलाधकेल पनि भएको बताइएको थियो । अहिले […]

समाचार लेखेवापत दुई सम्पादकलाई सर्वोच्च अदालतमा झिकाइयो

काठमाडौं । प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको ब्यहोराको समाचार लेख्ने दुईजना पत्रकारलाई सर्वोच्च अदालतले कार्यालयमै बोलाएर माफी माग्न दबाव दिएको छ ।   समाचारको विषयलाई लिएर इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई मंगलबार सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै  बोलाइएको हो ।अदालतले बोलाएपछि सम्पादकद्वय पत्रकार महासंघका पदाधिकारीलाई लिएर अदालत गएका थिए । सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले उनीहरुलाई समाचारको श्रोत पुष्टि ग

प्रधानन्यायाधीशबारे समाचार लेख्ने पत्रकारलाई माफी माग्न सर्वोच्चको दबाब

११ जेठ, काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चारमाध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह गरेको छ । मंगलबार दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह गरेकाे इमेज च्यानलका सम्पादक राजन कुइँकेलले बताए । ‘समाचारको स्रोत आधार प्रमाणसहित पेश […]