पेश्की रकमबारे प्रतिक्रिया माग्दा पत्रकारलाई ज्यान मार्ने धम्की दिएका रौतहटका स्वास्थका कर्मचारीले माफी मागेका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य पत्रकार शैलेन्द्र झासँग स्वास्थ्य कार्यालय गौरका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले माफी मागेका हुन । रौतहटका सिडियो कृष्ण बहादुर शाही , राष्ट्रिय अनुसन्धानका एसपी मुकुन्द खड्का , स्वास्थ्य कार्यालय गौरका प्रमुख दिपेन्द्र राय , कोल्ड निरिक्षक अधिकृत अनिल कर्ण, नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा लगायत संचारकर्मीकाे र