नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भ्रष्टाचारको नाइके रहेको जिकिर गर्दै उनकाे राजीनामा नआउँदासम्म बारकाे आन्दोलन नराेकिने बताएका छन्।
काठमाडौंमा मंगलवार सम्पादकहरूसँगको अन्तरक्रियामा उपस्थित भएका बारका पदाधिकारीहरूले प्रधानन्यायाधीश राणा भ्रष्टाचारको नाइके रहेको दोहोर्याएका हुन्।
राणाकै कारण न्यायालयमा भ्रष्टाचार बढेको तथा उनी नै सबै बिचौलियाका नाइके भएको बारका पदाधिकारीहरूले आरोप लगाएका थिए।
राणा नहटेसम्म बारको आन्दोलन जारी नै रहने उनीहरूले बताएका थिए।
...